Wednesday, December 8, 2021
Home > समाज > अस्पतालमा गम्भीर पति, गर्भवती पत्नीले ४ तलाबाट हाम्फालिन्, लाशबाट जन्मे जुम्ल्याहा

अस्पतालमा गम्भीर पति, गर्भवती पत्नीले ४ तलाबाट हाम्फालिन्, लाशबाट जन्मे जुम्ल्याहा

भोपाल। भारतको भोपालमा एउटा अत्यन्तै कारुणिक र आश्चर्यजनक घटना भएको छ । यहाँ निमोनियाले पीडित भएर अस्पतालमा भर्ना भएका एक युवकको हालत बिग्रिएको थाहा पाएपछि उनकी गर्भवती पत्नीले एक निर्माणाधीन भवनको चौथो तलाबाट हाम्फालेकी छिन् । छिमेकीले उनलाई अस्पताल लिएर गए । अस्पतालमा आमाको ज्यान गयो र उनले जुम्ल्याहा बच्चा जन्माइन् । तीन घण्टापछि दुवै नवजात शिशुले पनि आँखा नखोली ज्यान गुमाए । त्यसको केही समयपछि भेन्टिलेटरमा राखिएका पतिको पनि ज्यान गयो ।

मृतक महिलाका दाजुका अनुसार उनलाई पतिको मृत्यु भइसकेको जस्तो लागेपछि उनले आत्महत्या गरेकी थिइन् । यो दर्दनाक घटना सोमबार दिउँसो करिब २ बजे कोलारको स्वरुप साइनाथ नगरमा भएको हो । यहाँ ३७ वर्षका मनोज गोहे पत्नी गायत्रीसँग बस्थे । मनोजले कार फाइनान्सको काम गर्थे । यी दुईले १० वर्षअघि प्रेम विवाह गरेका थिए । १२ नोभेम्बरका दिन मनोज खोकी र ज्वरो आएपछि जाँच गराउन बंसल अस्पताल पुगे । डाक्टरले समस्या बढ्न सक्ने भनेर उनलाई भर्ना गरे ।

गायत्रीको पेटमा ७ महिनाको गर्भ थियो त्यसैले मनोजले उनलाई अस्पताल नआउन भने । सोमबार दिउँसो साढे १ बजे गायत्रीले अस्पतालमा दाजुसँग बसेका देवर तरुणलाई फोन गरिन् । उनले पतिको हालखबर सोध्दा तरुणले उनलाई अस्पताल आउन भने । तरुणको कुरा सुनेपछि गायत्री घरबाट निस्किन् । त्यसपछि आफू बस्ने कोलोनीअगाडिको एक निर्माणाधीन भवनमा गएर ४ तला माथिबाट हाम्फालिन् ।

गायत्रीका दाजु नरेशका अनुसार बिहेको १० वर्षसम्म उनीहरुका सन्तान थिएनन् । धेरै प्रयासपछि गायत्री गर्भवती भएकी थिइन् । लामो प्रयासपछि घरमा सन्तान जन्मिन लागेकोले उनीहरुको घरमा खुसीको माहोल थियो । तर, गायत्रीले हाम्फालेपछि उनका सन्तानले आँखा पनि खोल्न नपाइ ज्यान गुमाएका छन् । जुम्ल्याहा सन्ता एक छोरा र १ छोरी भएको बताइएको छ ।

डिसीनेपालबाट साभार गरिएकाे सामाग्री ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!