Monday, July 12, 2021
Home > समाचार > डा भट्टराईको प्रशंसनीय कार्य: छोरीको जन्मदिनको खर्च निर्मलाका आमाबुवालाई – हेर्नुहोस तस्वीर सहित

डा भट्टराईको प्रशंसनीय कार्य: छोरीको जन्मदिनको खर्च निर्मलाका आमाबुवालाई – हेर्नुहोस तस्वीर सहित

काठमाडौं। गोरखाको भीमसेन गाउँपालिका १ मसेलका अनिल पाण्डे र उनकी श्रीमती सविता पाण्ड‍े (भट्टराई)ले छोरीको जन्मदिन मनाउने खर्च कटाएर निर्मलाका आमाबुवालाई सहयोग गरेका छन्।

अहिले अस्ट्रेलियाको क्यानभारासिटीमा बस्दै आएका पाण्डे परिवारले पठाएको एक लाख रुपैयाँ नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हस्तान्तरण गरेका हुन्। छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज बिरामी भएपछि शिक्षण अस्पतालमा उपचार भइराखेको छ।

भट्टराईले यज्ञराजलाई पनि भेटेका छन्।‘नयाँ शक्तिका अभियन्तासमेत रहनुभएका अनिलजीले पठाउनु भएको एक लाख निर्मलाको आमालाई हस्तान्तरण गरिएको हो,’ नयाँ शक्तिका नेता रोशन पोखरेलले सेतोपाटीसँग भने, ‘निर्मलाको आमाबुवाको अवस्था नाजुक भएकोले छोरीको जन्मदिनमा लाग्ने खर्च कटौती गरी उहाँहरूले पठाउनुभएको थियो।’

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भए पनि अहिलेसम्म दोषी पत्ता लागेको छैन।

Leave a Reply

error: Please Dont Copy My Content!! !!