Sunday, July 11, 2021
Home > समाचार > घरसँगै जलेर खरानी भयाे ४ जनाकाे परिवार, राति अचानक कसरी लाग्याे अागाे ?

घरसँगै जलेर खरानी भयाे ४ जनाकाे परिवार, राति अचानक कसरी लाग्याे अागाे ?

झापा । शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । राती ९ बजेको समयमा उक्त आगलागी भएको हो । खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक कैलाश रार्इका अनुसार, मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने पुष्टी भएको छैन ।

खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल समेत सख्त घाइते भएकाे जनाइएकाे छ । घाइते गीतालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो ।

विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!