Thursday, December 9, 2021
Home > Uncategorized > घुस नदिएपछि ट्राफिकले रामधुलाई गराएपछि एक युवाले दुखेसो पोख्दै फेसबुकबाटै मागे न्याय!

घुस नदिएपछि ट्राफिकले रामधुलाई गराएपछि एक युवाले दुखेसो पोख्दै फेसबुकबाटै मागे न्याय!

सरावल गाउपालिका २ मनरीका व२० बर्षिय सन्तोष चौधरीले ट्राफिक प्रहरीले ज्यादती गर्यो भन्दै अाफ्नै फेसबुकमा न्याय मागेका छन । उनले लेखे अनुसार सत्यबजैबाट पुजा सकेर घर फर्कदा सुनवल अगाडिकाे जङ्गलमा रोकेर ३ जना प्रहरीले बाइककाे ब्लुबुक र लाइसेन्स हुदाहुदै १५०० घुस मागेका र हामीले उक्त घुस नदिएपछि महिलामाथी हातपात गरेको र पछि सबैले बिराेध गर्दा प्रहरी मार्फत लाठेचार्ज गर्न लगाएकाे अारोप लगाएका छन ।

उनको फेसबुक पाेष्ट
सबै जनालाई नमस्कार मेरो नाम धनुषधारी चाैधरी (सन्ताेष चाैधरी )हो घर सरावल गाउपालिका २ मनरी हाे उमेर २० बर्षकाे। शुक्रबार साझ ३ बजे सत्यबजै वाट पुजा गरेर घर फर्कदा सुनवल काे अगाडि जङ्गलमा करिब ३ बजे तिर ३ जना ट्राफिक प्रहरीले चेकिङ्ग पाेष्ट बाेर्ड नराखि कन चेक गरि राखेको थिए । त्यसपछि त्यही बिच जङ्गल मा हामीलाई राेके र बिलबुक र लाइसेन्स मागे र हामीहरूले दियौं त्यसपछि उनीहरूले १५०० घुस मागे र हामीहरूले साेध्याै के काे पैसा दिने हामी सँग बिलबुक र लाइसेन्स छ भने त्यसपछि १ जना ट्राफिक प्रहरीले महिला दिदी माथि हातपात गरेका हुन्। त्यसपछि हामीहरूलाई सुनवल चाेकमा बाेलाइयाे र हामीहरू सुनवल चाेकमा गयौ। त्यसपछि सुनवलकाे सबै महिला पुरूष र युवाहरू त्यहाँ उपस्थित भए र हामीहरू सबै जनाले भन्याै कि जुन ट्राफिकले महिला दिदी माथि हातपात गरेका हुन उनलाई यहाँ बाेलाउनु माफि माग्न लगाउनु अनि हामी जान्छम् । तर ट्राफिकहरूले जुन ट्राफिकले हातपात गरेको हाे त्यसलाई बाेलाएन्न त्यसलाई भगाइ दिए र त्यहाँ सुनवल बासि र हामीहरूले करिब १ घन्टा जति बिराेध गर्याै र त्यहाँ सबैले भने त्यस ट्राफिक प्रहरीलाई त्यहाँ उपस्थित गराउन र माफि माग्न तर उनीहरूले बाेलाएन्न । त्यसपछि उनीहरूले प्रहरी बाेलाएर सबै जनताहरूलाई जबर्जस्ती तानेर र कुटपिट गरे र मलाई पनि जबर्जस्ती तानेर बिच राेड मा लगेर म माथि लाठीचार्ज र कुखुरी प्रहार गरीएकाे छ। कृपया धेरै भन्दा धेरै शेयर गरिदिनु हुन याे सम्पूर्ण जनताहरू सामु पुर्याउन र प्रहरीहरूकाे दादागिरीलाई राेक्न मा सहयाेग गर्न काे लागि शेयर गरि सहयाेग गर्नलाई हार्दिक अनुराेध गर्दछु कृपया मलाई सहयाेग गरिदिनु हाेला प्रहरीहरूकाे दादागिरी राेक्नमा ।

जस्ताकाे तस्तैः

Leave a Reply

error: Please Dont Copy My Content!! !!