Wednesday, December 8, 2021
Home > अपराध > अन्ततः निर्मला हत्याकाण्डको दोषी बबिता नभई रोशनी ! यस्ताेसम्म गरिएपछि रहस्य छताछुल्ल

अन्ततः निर्मला हत्याकाण्डको दोषी बबिता नभई रोशनी ! यस्ताेसम्म गरिएपछि रहस्य छताछुल्ल

महेन्द्रनगर: कञ्चनपुरकी १३ वर्षीया बलिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले बबिता भन्ने अनिता बमलाई शंकाको घेरामा पारेको छ ।समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको विश्लेषण गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

निर्मलाका किताबहरू पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती किताबहरू घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरू ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । तर, बबिता भन्ने अनिता र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरू उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरूको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।

समितिले आफ्नो सुझाबमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको ३४औं पृष्ठमा भनिएको छ, ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घट्नामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिएको छ ।तर, प्रहरीले तत्कालीन ईन्स्पेक्टर भट्टलाई प्रहरी प्रधान कार्यालयमा रहेको एक नम्बर गणमा थुनेर राखेको खुलासा भएको छ । बर्खास्त गरिएका तत्कालिन् एसपी विष्ट भने रिहा भैसकेका छन् । तर, उक्त प्रकरणमा सँगै बर्खास्तमा परेका भट्टलाई भने अझै प्रहरीले थुनेर अनुशन्धान गरिरहेको छ ।

गृह मन्त्रालयले बिहीबार विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो । तर बर्खास्त गरिएको पत्रमा ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको’ उल्लेख छ ।

योसंगै उनी कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउन सक्नेछन् । विष्टले आवश्यक कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउने बताइसकेका छन् । गृह मन्त्रालयले सेवाबाट निकालेको निर्णय सुन्नेवित्तिकै उनले सरकारको निर्णयबिरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

नयाबाटो डट कम बाट साभार गरिएको

Leave a Reply

error: Please Dont Copy My Content!! !!