Monday, July 12, 2021
Home > समाज > यौन प्यास मेटाउन नेपालगञ्ज आएका भारतीय १९ बर्षिय युवतीसँग यौनसम्पर्क गर्दागर्दै रङ्गेहात प्रहरीको फन्दामा

यौन प्यास मेटाउन नेपालगञ्ज आएका भारतीय १९ बर्षिय युवतीसँग यौनसम्पर्क गर्दागर्दै रङ्गेहात प्रहरीको फन्दामा

नेपालगञ्ज – भारतका बहराइचका जयराम वाल्मिकी घरबाट घुम्न निस्किए। उनी सीमावर्ती शहर रुपैडिहा आइपुगे। त्यहाँ आइपुगेपछि उनलाई सीमापारी नेपालगञ्ज गएर ‘मस्ती’ गर्ने मुड बन्यो। गाडीलाई रुपैडिहामै राखेर उनी नेपालगञ्ज हानिए।

वाल्मिकी युवती मिलाउने दलालको सम्पर्कमा पुगे। वाल्मिकीलाई १९ वर्षीया युवती सेटिङमा मिल्यो। दुवै जना कारकादोस्थित दियालो होटलमा गए। तीन दिनअघि मात्रै खुलेको होटलमा मस्ती गर्दागर्दै बाल्मिकी र युवती प्रहरी नियन्त्रणमा परे।

वडा प्रहरी कार्यालय नेपालगञ्जले दुवै जनालाई नियन्त्रणमा लिएर एक रात आफ्नो कार्यालयमा राख्यो। त्यसपछि शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय पठाएको छ। प्रहरीले अहिले भारतीयसँग रंगेहात समातेको युवती यसअघि पनि पक्राउ परेकी थिइन्। त्यतिबेला मोटरसाइकल बिक्रेता कम्पनीका ठूलै व्यक्तिसँग उनी पक्राउ परेकी थिइन्।

नेपालगञ्जमा युवती र मदिराको चुस्की लिन आएका भारतीय यतिबेला प्रहरी खोरमा पुगेका छन्। उनको गाडी रुपैडिहामा अलपत्र परेको छ।
खासमा नेपालगञ्जमा भारतीयहरु यौन पर्यटकको रुपमा आउने गरेको प्रहरीले जनाएको छ। तरुनी मिलाउने बिचौलियाको सम्पर्कमा धनाढ्य भारतीयहरु रहेका छन्।

बिचौलियाले भारतीयलाई युवतीको ‘मेनू’ नै बुझाउने गरेको खुलेको छ। जसमा एकदिन मस्ती गर्न भारतीयले कम्तीमा १३ हजार रुपैयाँ नेपाली युवतीमै खर्चिनु पर्छ। आठ हजार रुपैयाँ तरुनी (भारु पाँच हजार) र करिव पाँच हजार रुपैयाँ (तीन हजार भारु) युवती मिलाउने बिचौलियाले लिने गरेका छन्।

त्यसबाहेक खाने खर्च र होटलको भाडा यौन पर्यटकले नै व्येहोर्नु पर्छ। भारतीय यौन पर्यटकको खर्चको हिसावले होटलको व्यवस्था मिलाउने गरिएको छ। कोही अझ उदारवादीले नेपालगञ्ज बाहिर युवतीलाई लिएर जान्छन्। टाढा जान समय नभएका पैसावालाहरु नेपालगञ्जकै नाम चलेका होटलमा गएर सेवा लिन्छन्। अलि पैसा कम खर्च गर्नेहरु सानातिना होटलमा पुग्छन्। यो तेस्रो कोटीका यौन पर्यटकहरु प्रहरीको फन्दामा पर्ने सम्भावना बढी हुने गरेको छ। शुक्रबार साँझ पक्राउ परेका बाल्मिकी पनि यही कोटीमा पर्छन्।

वडा प्रहरी कार्यालय नेपालगञ्जले पछिल्लो समयमा यौनजन्य व्यापारविरुद्ध दैनिकजसो नै ‘एक्सन’ लिन थालेपछि यौनकर्मी महिलाको भागाभाग भएको छ। दुई दिनअघि जाजरकोटी होटलबाट लागूऔषधमा लिप्त रहेकी युवतीलाई पक्राउ गरिएको थियो। होटलका कोठामा कण्डमका थुप्रा भेटिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज नारायण डाँगीले बताए। वेश्यावृत्तिविरुद्ध अभियान थालेका डाँगीले न्यूरोडका चार वटा टहरा हटाउने योजना बनाएको छ। स्थानीयबाट शंकास्पद काम भइरहेको गुनासो आएपछि प्रहरीले जग्गाधनीलाई बोलाएर टहरा भत्काउन आग्रह गरिसकेको छ।

सहजै युवती र मदिरा पाइने भएपछि मस्ती गर्न पल्केका भारतीयहरु नेपालगञ्ज आउने गरेका छन्। प्रहरीले यता कडाई गर्न थालेपछि भारतीय यौन पर्यटकले विचौलियामार्फत युवतीलाई उतै बोलाउने गरेको पनि खुलेको छ। नेपालगञ्जमा यस्ता विचौलियाको संख्या धेरै नै रहेको छ। ‘हामीले विचौलियालाई निगरानीमा राखेका छौँ,’ वडा प्रहरी कार्यालयका इञ्चार्ज डाँगीले भने, ‘केही विचौलियाको पहिचान भइसकेको छ।’

छिटो पैसा कमाउन पल्केका, साथीसंगीको लहलहैमा लागेका, बेरोजगार युवतीहरु यस्तो धन्दामा फस्दै गएका छन्। नेपालगञ्जको चोकचोकमा साँझ पर्नासाथ धोरथोर धन्दावाला युवती भेटिने गरेका छन्। धन्दामा लागेका युवतीहरु आधाभन्दा बढी त लागूऔषधको कुलतमा फसेको सम्बद्धहरु बताउँछन्। देश संचार

Leave a Reply

error: Please Dont Copy My Content!! !!