Monday, July 12, 2021
Home > समाचार > झापाबाट अायो घर जलेपछि एकै परिवारका ४ जनाकाे मृत्युकाे दुःखद खबर

झापाबाट अायो घर जलेपछि एकै परिवारका ४ जनाकाे मृत्युकाे दुःखद खबर

मंसिर १०, काकडभिट्टा । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!