कुवेत- नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको नयाँ बर्ष २०७५ सालको शुभकामना आदान-प्रदानका साथ सांगीतिक धमाका कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायीका ज्योती मगरले गीत तथा नितृय बाट धमाका मच्चाएकी हुन् ।जिलिब स्थित नोट्टिंघाम ब्रिटिस स्कुलको हलमा सम्पन्न नयाँ बर्ष २०७५ सांगीतिक कार्यक्रममा गायीका मगरले ” ज्योती मगर बबाल छ ” बोलको गीत बाट प्रस्तुती सुरू
गरेकी थिइन भने उनका निकै नै चर्चित गीतहरू “त्यही मुलाको सिन्की त्यही मुलाको अचार” “नयनमा गाजल कालै राम्रो मस्केर हिड्नेको चालै राम्रो ” “पिरतीमा दम छ” बोलको गीत लगायत एक दर्जन जति गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उपस्थित दर्शक हरुलाई सुरुवात देखी अन्तिम सम्म नै झुमाउन सफल भएकी थिइन् ।
हेर्नुस ज्योती मगरको बब्बाल डान्स :-