Friday, May 27, 2022
Home > समाचार > निर्मला पन्तको वलात्कार पछि हत्या सरकार चलाउनेकै छोराले गरेको ठोकुवा-कृपया पूरा समाचार पढ्नुहोस

निर्मला पन्तको वलात्कार पछि हत्या सरकार चलाउनेकै छोराले गरेको ठोकुवा-कृपया पूरा समाचार पढ्नुहोस

९ मंसिर, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अर्को टि्वस्ट आएको छ ।

शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यो घटनामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् ।

सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र दाबी गरेनन्, उनले अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर बलात्कारी र हत्यारालाई कारवाही समेत गर्ने बताए ।

विभिन्न हिंसात्मक कारवाहीहरु गर्दै आएको विप्लव समूहले हत्यारालाई कारवाहीको धम्की दिएको र त्यसमा सरकार सञ्चालकलै सन्तानको संलग्नता रहेको बताएपछि नेताका छोराछोरीमाथि सुरक्षा चिन्ता थपिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!