Sunday, November 28, 2021
Home > समाचार > चार व्यक्तिद्वारा कुकुरको सामुहिक बलात्कार, उपचारको क्रममा कुकुरको मृत्यु

चार व्यक्तिद्वारा कुकुरको सामुहिक बलात्कार, उपचारको क्रममा कुकुरको मृत्यु

एजेन्सी । बलात्कारका घटनाले समाज त्रसित भइरहेको समयमा एउटा अनौठो र भयानक घटना सार्वजनिक भएको छ । चार जना व्यक्तिले एक कुकुरको बलात्कार गरेको घटनाले मानवतालाई नै गिज्याएको छ । भारतको मुम्बईमा गत नोभेम्बर १७ मा उक्त घटना घटेको हो ।

घटना हुनुभन्दा एक दिन अगाडी उक्त कुकुर ( पुरुष लिङ्गी ) हराएको थियो । अर्को दिन एक अटो ड्राइभरले उक्त कुकुरको मुख थुनिएको र अगाडीको खुट्टा बाँधिएको अवस्थामा फेला पारेका थिए । कुकुरको मुख र खुट्टा खोलिएपछि उसले कसैले आफ्नो नजिक आउन दिएन । खाना खान दिंदा पनि उसले खाना खाएन ।

कुकुरको अवस्था थाहा पाएपछि जनावर सम्बन्धि काम गर्ने संस्था ‘एनिमल म्याटर टु मी’ नामक संस्थाले कुकुरलाई उपचारको लागि लागेको थियो । उपचारको क्रममा उसलाई चार जना व्यक्तिले बलात्कार गरेको र ती व्यक्तिले ड्रग्स लिएको खुलेको छ । बलात्कारीहरुको पहिचान हुन सकेको छैन भने उपचारको क्रममा कुकुरको निधन भएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!