Friday, September 17, 2021
Home > भिडियो > एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले यसरी फाले टेबल (भिडियो सहित)

एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले यसरी फाले टेबल (भिडियो सहित)

कास्की । गण्डकी प्रदेशसभामा एमाले सांसदले नाराबाजी लागउँदै ‘हंगामा’ मच्चाएका छन् । बजेट पारित गर्ने क्रममा एमाले सांसदहरुले नाराबाजीसहित अवरोध गरेका हुन् । उनीहरुले कार्यसूची अनुसार प्रक्रिया अघि नबढेको भन्दै सदनभित्र नारावाजी गरेका थिए । होहल्ला साम्य पार्न मर्यादापालकले बल समेत प्रयोग गर्नु परेको थिइ ।

बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध गरेका थिए । तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना कासटिएको भन्दै एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

बस्नेत गण्डकी सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो । हेरौँ गण्डकी प्रदेश सभामा पूर्वमन्त्रीले टेबल फालेको भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!