Thursday, October 28, 2021
Home > समाचार > पाटन अस्पतालका डाक्टर होटलको कोठामा मृ त फेला

पाटन अस्पतालका डाक्टर होटलको कोठामा मृ त फेला

काठमाडौ । ललितपुरको पाटनस्थित मानसिक रोग अस्पतालका डाक्टर सुदीप अर्याल होटलको कोठामा मृ त फेला परेका छन्।
काठमाडौंको बाँसबारीस्थित पूर्वेली होटलको कोठामा उनको शव भेटिएको हो। डा। अर्याल मृ त अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए। उनको मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको झोलामा ‘स ल्फ स’ नामक वि षा दी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

अर्को समाचार

इटलीवि रुद्ध फाइनल खेलको १ मिनेट ५७ सेकेन्डमै गोल गर्ने लुक शा म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक खेल खेल्छन् । उनले ट्रिपरको पासमा गोल गर्दै युरोकप फुटबलको फाइनलमा इङल्यान्डलाई अग्रता दिलाएका थिए ।

इतिहासमा पहिलोपटक युरोकप जित्ने आशा राखेको इङल्यान्डका लागि यो गोल निकै महत्वपूर्ण छ । रोचक कुरा, शाले इङल्यान्डका लागि गरेको यो पहिलो गोल हो । २०१४ यता, इङल्यान्डबाट १५ खेल खेलेपनि यी लेफ्ट ब्याकले अन्तर्राष्ट्रिय गोल गर्न सकेका थिएनन् । तर उनले पहिलो गोल नै अविस्मरणीय गरे । त्यतिमात्रै होइन, यो गोल युरोकपको फाइनल खेलमा गरिएको सबैभन्दा छिटो गोल हो ।

युरोकपको फाइनलमा ५७ वर्षपछि तोडियो कीर्तिमान यसअघि १९६४ मा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गरेको गोल नै युरोको फाइनल खेलमा गरिएको सबैभन्दा छिटो गोल थियो ।

युरोमा छिटो गोल गर्ने किर्तिमान भने रुसका दिमिट्री केरिचेन्कोको नाममा छ । सन् २००४ मा ग्रिसविरुद्ध समूह चरणको खेलमा एक मिनेट २२ सेकेन्डमै उनले उक्त गोल गरेका थिए ।
२५ वर्षका लुक शा लण्डनमै जन्मिएका हुन् । सुरुवातमा उनी चेल्सीको समर्थक थिए र यही क्लबबाट खेल्ने सपना देखेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!