Friday, September 17, 2021
Home > Uncategorized > काठमाण्डाैं आउँदै गरेका प्रकाशको घटनास्थलमै सकियो जिन्दगी!

काठमाण्डाैं आउँदै गरेका प्रकाशको घटनास्थलमै सकियो जिन्दगी!

एजेन्सी । आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो ।

ठक्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो ।टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् ।

आउने साउन दुई गतेदेखि पुनः निषेधाज्ञा हुन्छ ?
काठमाडौ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ। तर यो संगै संक्रमितको संख्या पनि बढ्दै जान थालेको छ । यो अवस्थामा अब काठमाडौमा जारी रहेको निषेधाज्ञा के हुन्छ भन्ने जिज्ञासा पनि उत्तिकै छ ।

प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा अहिले कुनै छलफल सुरु नभएको जनाएका छन् । तर संक्रमितको संख्या बढ्दै गएका कारण फेरी पनि निषेधाज्ञा थप्न सकिने संभावना भने ब्यक्त गरेका छन् । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गरेका हुन् ।

प्रजिअ निरौलाले भने, ‘कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी असारको ३०र३१ गते बसेर यस विषयमा छलफल गर्छौं।’ आइतबार पनि काठमाडौं उपत्यकामा ३९१ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १८३१ संक्रमित थपिँदा ३९१ जना उपत्यकामा थपिएका हुन्।

हिजो शनिबार उयत्यकामा ४१९ संक्रमित थपिएका थिए। आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ छन्। दैनिक नमुना परीक्षण गरिएकामध्ये करिब २२ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको मन्त्रालयले जनाएको छ। जोखिम यथावत रहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!