Wednesday, September 15, 2021
Home > समाचार > भैरहवाको ग्लास हाउसमा भिषण आगलागी, २० दमकलको प्रयोग

भैरहवाको ग्लास हाउसमा भिषण आगलागी, २० दमकलको प्रयोग

काठमाडै । रुपन्देहीको भैरहवा स्थित एक ग्लास हाउसमा भिषण आगलागी भएको छ । आ गलागी निभाउन २० वटा दमकलको प्रयोग भएको छ । शनिवार राति सुरु भएको आगलागी अहिले पनि पूर्ण रुपमा निभेको छैन । सिद्धार्थनगर नगरपालिका–८ नारायण पथमा भएको आगो पूर्ण रुपमा निभेको भने छैन।

नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो। रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आएपनि अहिले आगो निभाउने काम भइरहेको छ।

आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकल प्रयोग भएको छ भने सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागिता रहेको छ। जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकल आगो निभाउन प्रयोग गरिएको छ।

आगलागीबाट दुई तल्ले घर ध्व स्त भएको छ। प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आ गोलागी हुँदा सबै प्लाइबोर्ड न ष्ट भएको छ। माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा निजहरुको सकुशल उद्धार गरिएको थियो। घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरी करिब ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!