Thursday, December 9, 2021
Home > समाचार > भर्खरै त्रिशूली जलविद्युत बाट आयो यस्तो घटनाको खबर

भर्खरै त्रिशूली जलविद्युत बाट आयो यस्तो घटनाको खबर

नुवाकोट : नुवाकोटको पाँच दशक पुरानो त्रिशूली जलविद्युत गृहमा शनिबार आगलागी भएको छ। काम गर्ने क्रममा आगजनी भएको हो।

विदुर नगरपालिका १ त्रिशूली बजारमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत गृहमा दिउँसो पौने चार बजे जलविद्युत गृहमा आगलागी भएपछि इन्जिनियरसहित कार्यरत दुई प्राविधिक घाइते भएका छन्। घाइते दुवै जनालाई साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडाँै लगिएको त्रिशूली जलविद्युत गृहले जनाएको छ।

आगलागीमाा परी सुपरभाइजर लमजुङको राइनासकोट-६ का पाँचौ तहका ३५ वर्षीय गुन्जन लामा र सिरहाको वडहरमन-३ का २८ वर्षीय इन्जिनियर प्रविण चौधरी घाइते भएको त्रिशूली जलविद्युत गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए। घाइते लामाको टाउको र हात तथा चौधरीको हातमा गम्भीर चोट लागेको छ।

जलविद्युत गृहमा आगजनीपछि विद्युत उत्पादन बन्द हुँदा शनिबार चार भण्टा नुवाकोट अन्धकार भएको थियो।

यसअघि गत असार २६ गते पनि त्रिशूली जलविुद्यत केन्द्रमा आगजनी भएको थियो। त्यसपछि पूर्णरुपमा विद्युत उत्पादन गर्न नसकेको केन्द्रले १९ दिनपछि विद्युत पुनः उत्पादन गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!