Friday, May 27, 2022
Home > भिडियो > अशोक दर्जीका जस्तै भुर्इकटहरकाे पनि बन्यो यस्तो घर, मंसिर १२ मा घरसरार्इ… भिडियो

अशोक दर्जीका जस्तै भुर्इकटहरकाे पनि बन्यो यस्तो घर, मंसिर १२ मा घरसरार्इ… भिडियो

मंसिर ०९ – झापा – त्रिपालको छानो लगाई कठिन तरिकाले जीवनयापन गर्दै आएका झापाको दमकका १० बर्षे बालक टिकाराम धिमाल उर्फ भुईकटहरेको परिवारका लागि घर निर्माण गरिएको छ । १० धुर जग्गा खरिद गरी दमक–३ मा करिब १५ लाख रुपैयाँमा घर निर्माण गरिएको हो । तीन कोठाको जस्ताको छानो लगाएर तीन कोठाको पक्की घर निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिए ।

घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र मंसिर १२ गते एक कार्यक्रमका बीच घरको उद्घाटन गरिने उनको भनाई छ । घर उद्घाटनका लागि भुईकटहरेका साथी तथा चर्चित बाल गायक अशोक दर्जी र टंक बुढाथोकीलाई पनि निम्तो गरिएको उनले जानकारी दिए ।

‘घर सामान्य तरिकाले उद्घाटन गरी धिमाल परिवारलाई हस्तान्तरण हुन्छ’ संयोजक वाइवाले भने । उनले सबै सहयोगीदातालाई समेत धन्यवाद दिए । घर निर्माणको सम्पूर्ण हरहिसाव पनि घर हस्तान्तरण कार्यक्रममा सार्वजनिक गर्ने घर निर्माण समितिका सचिब विजय धिमालले जानकारी दिए ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!