काठमाडौ । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (आईजी) सर्बेन्द्र खनालले आफु मातहतका निकायलाई कडा चेतवानी दिएका छन् । उनी महानगरीय प्रहरी अन्र्तगतका निकायप्रति आक्रमक बनेका हुन् ।
कञ्चनपूरको निर्मला पन्त हत्या काण्ड सेलाउन नपाउँदै शनिवार ९ प्रहरी अख्तियारको फन्दामा परेपछि महानगरीय प्रहरी प्रति आईजी आक्रमक रुपमा प्रस्तुत भएका हुन । आईतवार दिउँसो नेपाल पुलीस क्लवमा महानगरीय प्रहरी अन्र्तगत सबै युनिटका ईन्चाजलाई बोलाएर आईजी खनालले सात्तो लिएका हुन । महानगरीय आयुक्त कार्यालयका प्रमुख डिआइजी मनोज नेउपाने देखी प्रहरी बिटका हबल्दार समेतलाई ब्रिफिनमा बोलाईको थियो ।
शनिवार साझ अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वर र काँडाघारीका दुई प्रहरी साहक निरक्षकसहित सात प्रहरी जवानलाई घुस रकम सहित पक्राउ गरेको थियो । आफू मातहतलाई राम्रोसँग निगरानी नगरेको भन्दै आईजी खनालले काठमाडौं परिसरका एसएसपी बसन्त लामालाई झपारेका थिए ।
आँखामा पट्टि बाँधेर बसेका छौ की, कानमा तेल हालेर सुतेका छौं, भन्दै आईजी खनालले लामालाई झपारेको स्रोतले बतायो । उता शनिवार ९ प्रहरी पक्राउ सँगै आईजी खनालले कोटेश्वर काँडाघारीको प्रहरी प्रमुखको समेत हेरफर गरीसकेका छन् । आईतबार नेपाल पुलिस क्लवमा मातहतलाई निर्देशन दिदै आईजी खनालले कुनै पनि अनियमितता देखिए जिम्मेवारी त्यसको प्रमुख हुने भन्दै सचेत भएर काम गर्ने निर्देशन दिएका थिए ।
गलत आचरण भएकालाई संगठनमा ठाउँ नभएको भन्दै आईजी खनाले आचरणमा सुधार नआए बर्खास्तको लागि तयार रहन चेतावनी दिएका थिए । आईजीपी खनालप्रति गृहमन्त्री राम बहादुर थापा बादलपनि शनिबार यसैगरी कड्कीएका थिए । संगठन बद्नाम हुँदै गएको भन्दै सच्याउन नेतृत्व नलिए हस्तक्षप हुनसक्ने बादलले संकेत गरेका थिए ।
नयाबाटो डट कम बाट साभार गरिएको