Friday, June 18, 2021
Home > समाचार > यी हुन् त्यो मनिस जस्ले सरकारले गाडी किन्न दिएको ६० लाख बजेट गाडी नकिनेर सडक बनाए !! अवस्य हेरेर शेयर गर्नुहोला

यी हुन् त्यो मनिस जस्ले सरकारले गाडी किन्न दिएको ६० लाख बजेट गाडी नकिनेर सडक बनाए !! अवस्य हेरेर शेयर गर्नुहोला

मंगलसेन – जनप्रतिधिलाई आफ्नो मात्र सेवा सुविधाका बारेमा चिन्ता र चासो रहेका समाचार आइरहेका बेला अछामका एक नगरपालिकाका प्रमुखले भने जनताको पक्षमा उदाहरणीय काम गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।गाडी खरिदका लागि बिनियोजन गरेको बजेट सडकको स्तरोन्नतीमा खर्च गर्ने निर्णय गरेर कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश बिष्टले सबैको वाहवाही पाएका छन्।

नगर परिषद्ले मेयर उपमेयरको गाडी खरिदका लागि बिनियोजन गरेको ६० लाख बजेट गाडी नकिनेर सडकको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरेको मेयर बिष्टले जानकारी दिए ।मध्यपहाडी लोकमार्गले छोएको गैरीटाँडदेखि कमलबजारसम्मको करिब साढे आठ किलोमिटर सडकलाई दोहोरो गाडी चल्न बनाउनका लागि उक्त बजेट खर्च गरिने बिष्टले बताए।

‘हामीले आफ्नो सुबिधाभन्दा गाउँको विकासका लागि चुनाव जितेका हौँ’ बिष्टले भने, ‘गाडीभन्दा सडक स्तरोन्नती गर्नु पहिलो आवश्यकता ठानेर यस्तो निर्णय गरेको हुँ।’

६० लाख बजेटमध्ये ४० लाख सडक चौडा र बाँकी २० लाख अतिआवश्यक ठाउँमा ग्राभेल गर्नका लागि खर्च गरिने मेयर बिष्टले जानकारी दिए। नगरक्षेका मुख्य सडकमा बाह्रै महिना गाडी गुड्न बनाउने पहिलो योजना रहेको बिष्टले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!