Thursday, July 15, 2021
Home > समाज > फेरि अायो बस दुर्घटनाकाे दुःखद खबरः नहरमा खसेपछि रहेनन् २५ जना

फेरि अायो बस दुर्घटनाकाे दुःखद खबरः नहरमा खसेपछि रहेनन् २५ जना

सवारी दुर्घटनामा परि ५ बच्चाहरुसहित २५ जनाको मृत्यु भएको छ । भारतको कर्नाटकमा शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेको थियो ।

ती घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ । केही घाइतेकोको अवस्था गम्भीर रहेका छन् ।

डडेल्धुरा बस दुर्घटनाकाे ताजा अपडेट
डडेल्धुराको रडुवाखोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । से १ क २९३ नम्बरको स्कुल बस विहीबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १० जनाको घटनास्थलमै ज्यान गको थियो, भने ८ जनाको डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

मृत्यु हुनेमा १३ जना पुरुष र १ जना गर्भवतीसहित ५ जना महिला छन् । गम्भीर घाइते १५ जनालाई उपचारको लागि राति नै धनगढी ल्याइएको थियो । सेती अञ्चल अस्पतालमा ६ तथा माया मेट्रो अस्पतालमा पाँच गरी ११ जनाको धनगढीमा उपचार भइरहेको छ भने यहाँ उपचार सम्भव नभएपछि ४ जनालाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।

अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेका छ । कैलालीको माया मेट्रो अस्प्तालमा उपचार गराइरहेका डोटीको शिखर नगरपालिका, ११ का विनोद किमाडीले बढी यात्रु र तिव्र गतिका कारण बस दुर्घटनामा परेको बताएका छन् । उनले आफु बसमा चढेको पाँच मिनेटमै दुर्घटनामा परेको बताए।

बसमा खचाखच यात्रुहरु रहेको भन्दै किमाडीले आफु पनि उभिएर यात्रा गरिरहेको समयमा एक्कासी बस बाटो छोडेर ओरालो लागेको बताए । दुर्घटनापछि एकै पटक धनगढी अस्पतालमा पुगेपछि मात्रै होस खुलेको बताए ।

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!