Thursday, October 28, 2021
Home > राशिफल > ०७८ साल असार २४ गते बिहिबार, हेर्नुहाेस तपाईंहरूकाे राशिफल अनुसारकाे भाग्यफल यस्तो छ!

०७८ साल असार २४ गते बिहिबार, हेर्नुहाेस तपाईंहरूकाे राशिफल अनुसारकाे भाग्यफल यस्तो छ!

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार २४ गते बिहिबार इश्वी सन २०२१ जुलाई ०८ तारीख असार कृष्णपक्ष त्रयोदशी तिथी, पञ्चाङ्ग: वृद्धि भाद्र म्रृगशीर्षा, अश्विनी नक्षत्र सुकर्मा योग वणिज करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु नक्वादिशी (ज्यो.प.सरोज घिमिरे)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिला सुस्ती हुन सक्छ । खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाइको बुद्धिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ, पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । आज तपाइलाइ अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला ।धन कमाउने बाटाहरुको थालनी हुने दिन छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अनौठो तरिकाबाट रुपैयापैसा कमाइने छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । शरिरमा रोगले पनि सताउने दिन छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै, भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न भने हुदैन । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । पढाइमा सफलता मिल्ने दिन छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आफन्तले पनि काममा साथ दिने छन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!