Friday, May 27, 2022
Home > समाचार > डडेल्धुरामा भएकाे बस दुर्घटनामा बाँचेकाहरूले यसो भनेपछि…

डडेल्धुरामा भएकाे बस दुर्घटनामा बाँचेकाहरूले यसो भनेपछि…

कैलाली, मंसिर । डडेल्धुराको रडुवाखोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । से १ क २९३ नम्बरको स्कुल बस विहीबार साँझ दुर्घटनामा परेको हो । गएकाे विहिबार साँझ दुर्घटनामा परि १० जनाको घटनास्थलमै ज्यान गको थियो, भने ८ जनाको डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

मृत्यु हुनेमा १३ जना पुरुष र १ जना गर्भवतीसहित ५ जना महिला छन् । गम्भीर घाइते १५ जनालाई उपचारको लागि राति नै धनगढी ल्याइएको थियो । सेती अञ्चल अस्पतालमा ६ तथा माया मेट्रो अस्पतालमा पाँच गरी ११ जनाको धनगढीमा उपचार भइरहेको छ भने यहाँ उपचार सम्भव नभएपछि ४ जनालाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।

अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेका छ । कैलालीको माया मेट्रो अस्प्तालमा उपचार गराइरहेका डोटीको शिखर नगरपालिका, ११ का विनोद किमाडीले बढी यात्रु र तिव्र गतिका कारण बस दुर्घटनामा परेको बताएका छन् । उनले आफु बसमा चढेको पाँच मिनेटमै दुर्घटनामा परेको बताए।

बसमा खचाखच यात्रुहरु रहेको भन्दै किमाडीले आफु पनि उभिएर यात्रा गरिरहेको समयमा एक्कासी बस बाटो छोडेर ओरालो लागेको बताए । दुर्घटनापछि एकै पटक धनगढी अस्पतालमा पुगेपछि मात्रै होस खुलेको बताए ।

त्यस्तै माया मेट्रो अस्पतालमै उपचार गराइरहेकी डडेल्धुराको गन्यापधुरा गाउपालिका ३ की इन्द्र भुलले बसमा खचाखच यात्रु र बढी स्पिड भएका कारण चालकले मोडमा बसलाई नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको बताइन् । उनले मोडमा बस बाटो छोडेर भिरबाट ओरालो लाग्दा कोलाहल मचिएको भन्दै बसमा कति यात्रु थियो ऐकिन नभएको बताइन् ।

उपचारमा सलग्न माया मेट्रो अस्पतालको आकस्मिक कक्षका मेडिकल अधिकृत डा. लाल सिंह धामीले दुर्घटनामा घाइते भएकाहरुको विभिन्न स्थानमा चोट लागेको बताए । उनले टाउको, खुट्टा, हात, कम्मर लगायत विभिन्न स्थानमा चोट लागेका घाईतेहरुको उपचार भइहेको बताए ।

अस्पतालमा ल्याउँदा सबै बिरामी रक्ताम्मे अवस्थामा रहेको भन्दै डा. धामीले उपचार जारी रहेको र बिरामीहरुको अवस्था समेत स्थिर रहेको प्रतिकृया दिए ।
बिरामीहरुको अवस्था बुझ्न मुख्यमन्त्री, मन्त्रीहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु बिहानै अस्पताल पुगेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले दार्चुलामा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टर मार्फत रेस्क्यु गर्नका लागि गृह मन्त्रालयसंग समन्वय भएको बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!