Sunday, November 28, 2021
Home > जीवनशैली > मिल वर्ल्ड जित्न सान्या पुगेकि श्रृङ्खलाले विदेशीहरूलार्इ “नमस्ते नेपाल” सिकाउँदै…

मिल वर्ल्ड जित्न सान्या पुगेकि श्रृङ्खलाले विदेशीहरूलार्इ “नमस्ते नेपाल” सिकाउँदै…

काठमाडौं । चीनको सान्यामा मिस वर्ल्ड २०१८ को लागि १ सय २१ देशका युवती जम्मा भएका छन् । मिस नेपाल शृंखला खतिवडाले नेपालको प्रतिनिधित्व गरिरहेकी छन् । भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन् । नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी शृंखलाले उनीहरूलाई नेपाली भाषा सिकाएपछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन् । जहाँ नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? भन्दै सम्बोधन गर्न थालेका छन्।

शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये उत्कृष्ट ३० मा परेकी शृंखलाले २०.६८ प्रतिशत पाप्त गरेकी छन् । उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी हुन् । श्रृङखलाकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुको ले ३३ हजार २ सय ९७ मत पाएकी छन् । त्यस्तै अमेरिकाकी मारिसा बटलरले ३१ हजार ८ सय २६ मत पा्रप्त गरेकी छन् ।

मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!