Saturday, November 27, 2021
Home > भिडियो > यस्तो पो रहेछ ट्राफिक प्रहरीको घुस खाने नयाँ ‘कोड-भाषा’ – हेर्नुहोस भिडियो सहित

यस्तो पो रहेछ ट्राफिक प्रहरीको घुस खाने नयाँ ‘कोड-भाषा’ – हेर्नुहोस भिडियो सहित

काठमाडौ। काठमाडौँमा ट्राफिक प्रहरीले घुस माग्ने नयाँ तरिकाको खुलासा भएको छ । उपत्यकाका विभिन्न रुटमा ट्राफिक प्रहरीले घुस खाने नयाँ नयाँ टेक्निकको खुलासा भएको हो । यस्तैमा रत्नपार्क-सुन्धारा-नारायणथानको रूट चल्ने माइक्रोबाट विभिन्न कोडभाषा प्रयोग गरेर घुस खाने गरेको पाइएको छ ।

प्राप्त भिडियो अनुसार ट्राफिक प्रहरीले एक पटक ‘ओई’ भनेभने १०० रुपैयाँको रिचार्जकार्ड दिनुपर्ने र २ पटक अर्थात ‘ओई-ओई’ भने भने २००को रिचार्ज कार्ड दिनुपर्ने नयाँ काइदाको खुलासा भएको छ ।काठमाडौँको ट्राफिक जामका बारेमा भिडियो खिच्दै गर्दा पत्रकार सोभित थपलियाको क्यामरामा यस्तो रहस्य कैद भएको हो ।

२०० रुपैयाँको रिचार्ज कार्ड माग्दा १०० को मात्र पुगेपछि ट्राफिकले ‘ओई’ भनेर १००को रिचार्ज कार्ड मागेको खुलासा उक्त भिडियोमा छ । साथै भिडियोमा गाडीका चालक र सहचालकले घुस खाने ट्राफिक प्रहरीको नयाँ काइदाबारे पनि बोलेका छन् ।

भिडियो हेर्नुहोस:

नयाबाटो डट कम बाट साभार

Leave a Reply

error: Please Dont Copy My Content!! !!