Thursday, December 9, 2021
Home > समाचार > एकाबिहानै कुचो लिएर सडक सफा गर्न निस्किए गृहमन्त्री – भिडियो हेर्नुहोस

एकाबिहानै कुचो लिएर सडक सफा गर्न निस्किए गृहमन्त्री – भिडियो हेर्नुहोस

६ मंसिर, काठमाडौं । देशको शान्ति सुरक्षाको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार बिहानै हातमा कुचो लिएर सडकमा निस्किए ।

फूलमाला लगाएर सडकमा निस्किएका उनले एकछिन सडक बढारे र फोहरका टुक्राटुक्री टिपे । हातमा पन्जा र मुखका मास्क लगाएर गृहमन्त्री थापाले बिहीबार अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका हुन् ।

सरसफाइ कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको हो । कार्यक्रममा कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका राजनीतिक दलका नेताहरु, सर्वसाधारण लगायतको सहभागिता थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!