Thursday, December 9, 2021
Home > समाज > झापाको गौराधहमा बोल्न नसक्ने किशोरीलाई बुबा–छोरा मिलेर पालै-पालो बलात्कार – पूरा हेर्नुहोस

झापाको गौराधहमा बोल्न नसक्ने किशोरीलाई बुबा–छोरा मिलेर पालै-पालो बलात्कार – पूरा हेर्नुहोस

दमक-अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट बाबुछोरासहित चार जना पक्राउ परेका छन् । यो खबर ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।पक्राउ पर्नेमा गौरादहका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली छन् ।

उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिए । राम्रोसँग बोल्न नसक्ने बालिकालाई उनीहरूले विभिन्न मितिमा बलात्कार गरेको प्रहरी निरीक्षक थापाले बताए ।पुरुषोत्तमले कात्तिक १० गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । प्रवीन बराइलीले कात्तिक २३, उनका भाइ छत्रमानले २४ र उनीहरूका बुबा खड्गबहादुरले कात्तिक २८ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरूले बालिकालाई आफ्नो घरमा, नजिकैको बाँस झ्याङमा र एकपटक बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए । घरमा पीडित बालिका र उनकी आमा बस्दै आएका छन् । बालिकाको बुबा घरमा नभएको प्रहरीले जनाएको छ ।उनीहरूले बालिकालाई पैसासहित विभिन्न प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।भिन्नाभिन्नै व्यक्तिबाट पटकपटक बलात्कृत हुँदा बालिकाले घटनाबारे आमालाई सुनाएकी थिइन् ।

बालिकाकी आमा पनि सुस्त श्रवणकी छन् ।अति विपन्न र केही नजान्ने परिवारका पीडित ढिला गरी मात्र प्रहरी कार्यालयमा आइपुगेका थिए ।स्वास्थ्य परीक्षणपछि पीडित बालिकालाई दमकस्थित आफन्तको शरणमा राखिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा चलाएको प्रहरी निरीक्षक थापाले बताए ।यो घटनासँगै एक साताको अवधिमा दमक र गौरादह नगरपालिकामा मात्र तीन जना बालिका बलात्कृत भएको घटना बाहिर आएको छ ।

मंगलबार राति दमकस्थित हम्सेदुम्से सामुदायिक जंगलमा लगेर १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथर घर भई दमकमा डेरा गरी बस्ने २८ वर्षीय दीपक धमला पक्राउ परेका छन् ।उक्त घटनाको दुई दिनअघि आइतबार मावलीमा बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा कमल गाउँपालिका ६ का २८ वर्षीय सञ्जीव राई पक्राउ परेका छन् । बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!