Thursday, February 25, 2021
Home > समाचार > यी अभागी बाबु जसले २ बर्षीय जीऊदो छोरीको लागि खाल्डो खनेर राखे, यस्तो छ चकित पार्ने रहस्य…

यी अभागी बाबु जसले २ बर्षीय जीऊदो छोरीको लागि खाल्डो खनेर राखे, यस्तो छ चकित पार्ने रहस्य…

एजेन्सी । एउटा यस्तो घटना अहिले सामाजिक संजालमा भाइरल बनेको छ जुन घट्ना सुन्दैमा चकित पर्न सकिन्छ । जति तपाई चकित पर्नु हुन्छ त्यो भन्दा पनि अर्को पाटो त तपाई आफ्नो मन थाम्न सक्नु हुदैन जुन घट्नाको बारेमा सबै थाहा पाइसके पछि । संसारमा यस्ता अभागी बाबु आमा पनि हुने रहेछन जस्ले भोग्नु पर्छ नसोचेको पिडा । तपाई कल्पना पनि गर्न सक्नु हुदैन आफ्नै आमा बाबुले आफ्नै जिउदै छोराछोरीको

चिता पहिले नै तयार पारि राखेको होस् । तर अब त्यो पनि रहेन कल्पना गर्ने मात्र होइन सत्य सावित नै गरिदियो संसारमा आफ्नै आमा बुवाले आफ्नै जिउदो छोरीको लागि खाल्डो खनेर राखी आफ्नै छोरीलाई त्यहि सुताएको ।हो अहिले चीनका एक पिताले आफ्नो जीवित २ बर्षीय छोरीको लागि अहिले नै चिहान खनेका छन् । सिचुवान राज्यको झिंगलेइ गाउँका यी झाङ लियोङ भन्ने ब्यक्ती आफ्नी छोरीको मृत्युको प्रतिक्षा गरिरहेका छन् ।

उनकी छोरी अहिले उनकै लागि आफ्नै पिताद्धारा खनिएको चिहानमा खेल्छन् । किन यि मानिसले यसो गरे होलान् भन्ने जिज्ञासामा झाङ भन्छन् – मलाई यसो गर्दा आफ्नो र आफ्नी छोरीको दुःख कम भएको जस्तो महसुस हुन्छ ।आर्थिक अबस्था त्यति राम्रो नभएका किसानी झांग लियांगले आफ्नी छोरी जिनलेइको उपचारका लागि १००,००० युआन भन्दा बढी खर्च गरी सकेका छन् । ब्लड डिसअर्डरबाट पीडित जिनलेइ जन्मेको दुई महिनापछि उनको जाँच गराउँदा उनलाई यस्तो रोग लागेको परिवारले थाहा पाएको थियो । त्यसपछि जिनलेइको निरन्तर उपचार भइरहेको छ ।

उनलाई हप्तामा दुई पटक रगत दिनुपर्ने हुन्छ । जसका कारण लियांक चुर्लुम्म ऋणमा डुबिसकेका छन् । उनलाई अहिले आफन्त लगायतका अन्य मानिसहरुले ऋण दिनै छाडेसकेका छन् । अन्तत छोरीको उपचार गर्दागर्दै आजित भएका झाङ छोरीको मृत्यु पूर्व नै चिहान खन्ने निर्णयमा पुग्न बाध्य भएका छन् । जिनलेइको उपचार गराइरहेका चिकित्सकहरु भन्छन् –‘उनी अब मुस्किलले एक वर्ष मात्र बाँच्छिन् ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *