Monday, July 12, 2021
Home > समाचार > सल्यान घटना थप रहस्यमय, युवतीको शव परिवारले बुझ्न मानेनन्, के भन्छ प्रहरी ?

सल्यान घटना थप रहस्यमय, युवतीको शव परिवारले बुझ्न मानेनन्, के भन्छ प्रहरी ?

एक महिलाको शव परिवारले बुझ्न मानेका छैनन् । उनीहरुले घटना शं कास्पद रहेको बताएका छन् । साथै उनीहरुले घटनाको गहिरो अनुसन्धानको समेत माग गरेका छन् । प्रहरीका अनुसार खिमा खड्का असार १ गते खोलामा मृ त फेला परेकी थिइन् । दार्मा गाउँपालिका ५ की २९ वर्षीया खिमा खड्काको परिवारले सल्यान जिल्ला अस्पताल सल्यानमा रहेको शव बुझ्न मानेका छैनन् ।

खिमाका आफन्तले परीक्षण भएको पाँच दिन पुगी सक्दा पनि शव बुझ्न नमानेका हुन् । गत जेठ ३१ गते बेलुका देखि सम्पर्क बिहान भएकी उनी असार १ गते दार्मा गाउँपालिका स्थित ठुला खोलामा मृ त फेला परेकी थिइन् ।

खड्कालाई खोलाले बगाएको नभई घटना अर्कै भएकाले यसको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने खिमाका बुवा गणेश बहादुर खत्रीले बताए । सुनियोयजित ढंगले घटना गरेर खोलामा फालिएको भन्दै सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने मृतकका श्रीमान् खिम बहादुर खड्काको भनाई छ ।

खोलाले बगाएको भनिएता पनि महिलाको घटना गरेर खोलामा फालिएको आफन्तको भनाई छ । यस्तो कार्यमा संलग्नको पहिचान गरी कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने श्रीमान खड्काको भनाई छ । खड्काको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।आफन्तले शव बुझ्न मान्नु भएको छैन हामी गहिरो अनुसन्धानमा छौ, थापाले भने । प्रतीकात्मक तस्वीर

Leave a Reply

error: Please Dont Copy My Content!! !!