Tuesday, July 13, 2021
Home > समाचार > भक्तपुरमा इँटा भट्टाको खाल्डोमा बालकको  श व भेटियो

भक्तपुरमा इँटा भट्टाको खाल्डोमा बालकको  श व भेटियो

काठमाडौै । भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको श व भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको श व भेटिएको हो ।

शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो ।
खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि।एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको श व भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए ।

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा श व जाँच मुचुल्काको कार्य गरिएको छ ।
श वलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!