Monday, July 12, 2021
Home > समाचार > पुनः मेलम्चीको भिषण बाढी, सबै सुरक्षित स्थान खोज्ने उक्लिए…

पुनः मेलम्चीको भिषण बाढी, सबै सुरक्षित स्थान खोज्ने उक्लिए…

मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको बहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । तस्विर सामाजिक अभियान्ता अँशु यादवकाे फेसबुकबाट लिइएकाे हाे, जो यतिबेलाे मेलम्चीमा बाढी पीडितहरूलाइ निशुल्क खाना खुवाउँदैछन् ।

२०७१ सालको जुरे पहिरोदेखि लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोक जिल्लामा यस वर्ष पनि वर्षायामको सुरुवातमै ठूलो विपत्ति आइलाग्यो। ७१ सालमा जुरे पहिरोपछि शुरु भएको विपद्को श्रृङ्खला यस वर्ष पनि दोहोरिएको हो। जुरे पहिरोपछि ७२ सालको महाभूकम्पमा देशभरमा भएको मृत्यु संख्याको आधा संख्या सिन्धुपाल्चोकमा मात्रै भयो।

त्यसपछि पनि भोटेकोशी बाढी, जम्बु पहिरो, लिदी पहिरोलगायत दर्जनौं विपत्तिको सामना गरेको सिन्धुपाल्चोक जिल्लालाई नेपाल सरकारले गत वर्ष विपद् जिल्ला समेत घोषणा गरिसकेको छ। प्रायः बर्खामासको मध्यतिर वा अन्त्यतिर मात्रै विपद् भोग्ने गरेको सिन्धुपाल्चोकले यस वर्ष भने बर्खामासको सुरुवातमै मेलम्ची बाढीको ठूलो विपत्तिको सामना गर्नुपरेको छ। गलबार साँझबाट आएको मेलम्ची र इन्द्रावती खोलाको बाढीले सिन्धुपाल्चोकमा अबौंको क्षति पुगेको छ।

यो पनिः चितवनमा एसपी चढेको जिप दुर्घटना
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी चढेको गाडी नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा दुर्घटनामा परेको छ।

बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप दुर्घटना परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ। पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उनले जानकारी दिए।

घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताए। अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इन्जिनियरसमेत रहेका थिए।

ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र एसपी अधिकारीसहितको टोली पुलको निरीक्षण गरेर फर्किदै गर्दा आज साँझ करिब साढे ५ बजेको समयमा दुर्घटना भएको हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!