Saturday, July 10, 2021
Home > समाचार > डेटिङमा गएका उपसचिव र इञ्जिनियर युवतीको बयान : “हामी स्वयम्भु पूजा गर्न गएका थियौं”

डेटिङमा गएका उपसचिव र इञ्जिनियर युवतीको बयान : “हामी स्वयम्भु पूजा गर्न गएका थियौं”

एजेन्सी । दुई साता अघि भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो । भिडियो क्लिप थियो स्वयम्भुको । जहाँ एक युवा र एक युवती डेटिङमा लिप्त थिए । सरकारी गाडी चढेर स्वयम्भु पुगेर डेटिङमा लिप्त हुने कर्मचारी हुन रोशन श्रेष्ठ । उनी शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख,सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग निषेधाज्ञा उल्ल्घन गर्दै सरकारी गाडी चढेर स्वयम्भुमा प्रेमालाप गर्न पुगेका ।

उनी प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर स्वयम्भुमा युवतीसँग ‘डेटिङमा पुगेका थिए । उनै उपसचिव श्रेष्ठमाथि गृह मन्त्रालयले कारवाही प्रक्रिया अघि बढायो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्यो । गृहको पत्र अनुसार सीडीयो कार्यालय काठमाडौंले यो घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन समिति बन्यो ।

समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्मचारीलाई बोलायो र सोधपुछ गर्यो । गृहले निषेधाज्ञा उल्लघन भए वा नभएको जाँचबुझ गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको थियो र उल्लंघन भएको भए सोही अनुसार कारवाही गर्न भनेको थियो । तर छानबिन समितिले जाँचबुझ गर्दा उनीहरुले पास लिएरै हिडेको देखिएको हुँदा निषेधाज्ञा उल्लघन नभएको निष्कर्ष निकालेको छ ।

सो समितिका सदस्यका अनुसार,श्रेष्ठले चलाएको सो प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास शहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएका कारण निषेधाज्ञा भने उल्लघन नभएको निष्कर्षमा समिति पुगेको हो । उनीहरुले दुबैले समितिलाई बयान दिए स्वयम्भुमा पूजा गर्न गएको । स्वास्थ्य संस्थाको इस्टिमेट तयार पार्न गएको र काम सकिएपछि स्वयम्भू दर्शन गर्न र मन्दिरमा पूजा सामग्री चढाउन गएको बयान दिएका छन् ।

स्मरण रहोस यस अघि मिडियाले यस बिषयमा उनै श्रेष्ठलाई प्रश्न गर्दा,सो गाडी आफैले चढ्ने भए पनि ड्राइभरले लगेको हुनसक्ने प्रतिक्रिया दिएर उम्किएका थिए । उनले भिडियो र तस्विरमा देखिएको व्यक्ति आफू नभएको बताउँदै आएका थिए ।

समितिले निषेधाज्ञा उल्लंघन भने नभएको निष्कर्षसहित छानबिनको प्रतिवेदन र आवश्यक कारबाहीको मागसहित भौतिक योजना मन्त्रालयलाई पठाइएको छ । स्रोतका अनुसार,रोशन बिवाहित हुन् । उनको श्रीमती समेत इञ्जिनियर नै हुन् । उनी राजधानीकै एउटा प्रतिष्ठित इञ्जिनियरिङ कलेजमा कार्यरत छिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!