Saturday, July 10, 2021
Home > समाचार > शिक्षकलाई फसाउन किशोरी विद्यार्थीलाई यसरी प्रयोग गरियो

शिक्षकलाई फसाउन किशोरी विद्यार्थीलाई यसरी प्रयोग गरियो

काठमाडौ । विद्यालयमा हुने राजनीतिक एक किशोरीलाई अनावश्यक रुपमा समस्यामा पारिएको छ । ति किशोरीलाई प्रहरी कार्यालय सम्म लगिएको छ । लमजुङ जिल्लाको भैरव माध्यमिक विद्यालयमा अ चम्मको घटना भएको हो । जनआस्थामा प्रकाशित समाचार अनुसार विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुबचिको वि वा द यहाँ सम्म पुग्यो की एक किशोरीलाई मोहरा बनाएर बदनाम गर्न खोजिएको छ ।

छात्रालाई समेत परिबन्दमा पारेर प्रधानाध्यापक रामप्रसाद गुरुङलाई गम्भिर आरोप लगाइएको छ । बालिका माथि प्रधानअध्यापकले नै नराम्रो ब्यवहार गरेको आरोप लगाउँदै केही युटेयुव र मिडियाहरुमा त्यसबारे भिडियो सार्वजनिक गरिएको छ ।

घटना राइनास नगरपालिका ९ स्थित भैरव माध्यमिक विद्यालयको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डे र प्रधानाध्यापक रामप्रसाद गुरुङबीचको राजनीतिक वि वा  दमा कक्षा ८ की छात्रा मुछिएकी छन् । विवादले चरम रुप लिन थालेपछि आवेगलाई थेग्न नसकेका गुरुङले भनेका छन् ‘तेरीमा डाँका,यो तेरो चेस नेपाल हो ?

म तेरो चेस नेपालको कारिन्दा हुँ कि घरको गोठालो रु तैँले आइजभन्दा आउने, राजीनामा दे भन्दा खुरुक्क राजीनामा दिएर हिँड्ने रु आएको दुई महिना भएको छैन स्कुलमा भाँडभैलो मच्चाउन खोज्ने रु राजीनामा मैले हैन अब तैंले दिनुपर्छ ।’

प्रधानाध्यापक त्यसरी कड्केपछि विद्यालयबाट निस्केका अध्यक्ष पाण्डे सोझै जिल्ला प्रहरी कार्यालयमा पुगेर बालिका माथि प्रधानअध्यापकले नराम्रो ब्यवहार गरेको र उनलाई  शिक्षकलाई फसाउन किशोरी विद्यार्थीलाई यसरी प्रयोग गरियोगरियोस् भनेर निवेदन दिएको जनआस्थाले लेखेको छ । कक्षा ८ मा पढ्ने ति बालिकालाई पनि प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा बालिकाले आफुलाई प्रधानअध्यापकले केही नगरेको बयान दिएकी छन् ।

उक्त घटना जेठ १९ गतेको हो । त्यसपछि इलाका प्रहरी कार्यालयका प्रहरी भैरव माविमा पुगेर शिक्षक प्रकाश थापालाई उठाई जिल्ला प्रहरी कार्यालय पुर्याएपछि गुरुङ र नगर प्रमुख सिंहबहादुर थापा पनि प्रहरी कार्यालय पुगेका हुन् । शिक्षक थापालाई आफ्नै विद्यालयकी ८ कक्षामा अध्ययनरत एक छात्रालाई नराम्रो ब्यवहार गरेको आ रो प छ । तर, गुरूङलाई देख्नसाथ छात्रा रुन लागिन् र भनिन् ‘सर,मलाई प्रकाश सरले केही गर्नुभएको छैन ।यो सबै झुट हो ।

जेठ २३ गते बसेको व्यवस्थापन समितिको बैठकमा अध्यक्ष पाण्डेले नामै किटेर पाँचजना शिक्षक हटाउन माग गरे । पाण्डेले उक्त प्रस्ताव गरेपछि गुरुङले जो विद्यालय बनाउन मरिमेटेका छन्, सक्षम छन् यस्ता शिक्षकलाई किन हटाउने ? भनी प्रतिप्रश्न भएको र उल्टो प्रधानाध्यापकलाई कि राजीनामा दे, नत्र कारबाही गर्छु भनेर चे ता व नी दिएको बताइन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!