Saturday, July 10, 2021
Home > भिडियो > पहिले हुन्छ भनेकी घरबेटीले ‘कामीको छोरी’ भन्ने थाहा पाएर कोठा दिइनन् (भिडियो हेर्नुहोस्)

पहिले हुन्छ भनेकी घरबेटीले ‘कामीको छोरी’ भन्ने थाहा पाएर कोठा दिइनन् (भिडियो हेर्नुहोस्)

रुपा सुनार पेशाले पत्रकार हुन् । उनीमाथि जातकै आधारमा बिभेद भएको छ । उक्त कुरा उनले फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । उनले फेसबुकमा उक्त बिषयबारे एक भिडियो राखेकी छिन् । भिडियोमा उनी कोठा भाडामा खोज्न गएको, एक घरको कोठा मन परेको र भाडा र सबै कुरा मिलिसकेपछि जातकै आधारमा पछि घरबेटीले बस्न नदिएको दुखेसो उनले भिडियोमा बताएकी छिन् ।

यो घटना पछि उनी आवद्ध एक संस्था यसबारे नबोलेको भन्दै उनले त्यसबाट समेत राजिनामा दिने बताएकी छिन् । उनी फेसबुकमा लेख्छिन्, हिजो म माथी भएको जातीय विभेदको घटना मैले सार्वजनिक गरेपछि विभिन्न माध्यमबाट मलाई साथ, सहयोग दिने संघ—संगठन एवम् न्यायप्रेमी व्यक्तिहरुको भूमिकाबाट यो ल डा ईं ल ड्न मलाई थप आँट मिलेको छ र म कानुनी रुपमा अघि बढ्दैछु ।

तर म आफै केन्द्रीय सदस्य रहेको क्रियाशील दलित पत्रकार संघ नेपालका पदाधिकारीहरुले भने आवश्यक चासो नदेखाएको व्यवहारले मलाई दुःख लागेको छ । यो यतिबेला मैले भोगेको घटना त हो तर हाम्रो समाजमा वर्षौँदेखी गढेर बसेको यो विषय व्यक्तिगत भन्दा धेरै समाजकै समस्या हो ।

निरन्तर बोलिरहनुपर्ने यो विषयमा आफ्नै संस्थाको सदस्य माथी पर्दा समेत आवश्यक पहलकदमी नलिइदिँदा, यो विषय संस्थाको प्राथमिकतामै नपरेको महसुस भएको छ । त्यसो हुँदा सो संस्थामा यथावत रहेर खर्चिने समय, सामाजिक न्यायको लागि उपयोग गर्ने गरि अघि बढ्नुपर्छ भन्ने निश्कर्षमा पुगेर सो संस्थाबाट राजीनामा दिने निर्णय गरेको छु । तस्वीररभिडियो दुबैस् रुपा सुनारको फेसबुकबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!