Tuesday, July 13, 2021
Home > समाचार > भर्खरै म्याग्दीबाट आयो यस्तो दुःखद खबर भि’षण बाढीप’हिरो बनायो यस्तो बिचल्ली

भर्खरै म्याग्दीबाट आयो यस्तो दुःखद खबर भि’षण बाढीप’हिरो बनायो यस्तो बिचल्ली

म्याग्दी / केहि दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट ३५ ओटा घर पुरि’एका छन् भने २९ घर परिवार विस्था’पित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्ष’ति पुर्याएकाे हाे ।

पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्ष’ति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘एउटा गोठ पहिरोले पुरि’एको छ, पहिरोले क्ष’ति पुर्याएका र जो’खिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ’, उहाँले भन्नुभयो ‘सँयौ रोपनी खेतीयोग्य जमीनमा क्ष’ति पुगेको छ ।

घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्ष’ति पुगेर विस्था’पित भएका छन् । घरभित्र पहिरो पसेको, आँगन भत्के’को र गोठ पुरि’एको स्थानीय शिक्षक खेम पुनले बताउनुभयो ।

सिन्धुपाल्चोकमा भीषण बाढी र पहिरो, कयौँ बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ । मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ ।

प्रहरीले एक दर्जनभन्दा बढी हराएको अनुमान गरेको छ । क्षतिको आकलन अझै गरिसकिएको छैन । बाढी र पहिरोले मेलम्ची बजार जोखिममा परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बगाएको छ । क्षतिको अरू विवरण प्राप्त भइसकेको छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!