Tuesday, July 13, 2021
Home > समाचार > झलनाथ खनाल सिकिस्त, अब दिल्लीमा उपचार हुने

झलनाथ खनाल सिकिस्त, अब दिल्लीमा उपचार हुने

 

नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल सिकिस्त भएका छन् । उनको नेपालमा उपचार नहुने भएको छ । उनको उपचार भारतको नयाँदिल्लीमा हुन सक्ने बताइएको छ ।

ज्वरो र हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि उनलाई काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर उनको उपचार दिल्ली लगेर गरिने र परिवारका सदस्यहरु साथै जाने समाचार प्राप्त भएको छ । खनालको अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई सोमवार विहानै अस्पताल भर्ना गरिएको हो ।

सोमबार बिहान उनलाई नर्भिक हस्पिटल भर्ना गरिएको थियो । संक्रमित भएर निको भएका उनी केही समय अघि अस्पतालवाट वाहिर आएका थिए । उनको सचिवालयले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सामान्य समस्या आएको जनाएको थियो । अस्पताल भर्ना गरिएका खनाल केही दिन अस्पतालमै रहनुपर्ने खनालको निजी सचिवालयले जनाएको थियो ।

उनको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको भएपनि किन दिल्ली लैजान लागिएको प्रष्ट पारिएको छैन । यसअघि उनलाई थप केही दिन अस्पतालमै रहनुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए । उनको मृगौलामा समेत समस्या रहेको यसअघि समाचार आएको थियो । यसबारे समेत सचिवालय केही बोलेको छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!