Sunday, July 11, 2021
Home > समाचार > आइतवार मृत्यु घोषणा गरिएका विश्वकै ठूलो परिवारका मुखिया जिओना जिवितै ?  अन्तिम संस्कार रोकियो

आइतवार मृत्यु घोषणा गरिएका विश्वकै ठूलो परिवारका मुखिया जिओना जिवितै ?  अन्तिम संस्कार रोकियो

काठमाडौं। विश्वकै ठूलो परिवारको मुखिया रहेका जिओना चाना जिवित रहेको दावी गर्दै परिवारले अन्तिम संस्कार रोकेका छन् । मिजोरमको राजधानी आइजाल नजिकैको बख्तवांग गाउँमा बस्ने उनलाई चिकित्सकहरुले आइतबार दिउँसो मृत्यु भएको घोषणा गरेका थिए । चिकित्सकको घोषणा विपरित उनको परिवारले जिओना जिवित भएको दावी गरेका छन् । अन्तिम संस्कारको तयारी गरिएको भएपनि अहिले रोकिएको छ ।

टाइम्स अफ इण्डियाका अनुसार उनको परिवारका सदस्यहरुले उनको नाडी चलेको दावी गरे पछि अन्तिम संस्कार रोकिएको हो । उच्च रक्तचाप र मधुमेहका रोगी जियोनालाई आइतबार भारतको मिजोरम राज्यको एजवायल सहरको ट्रिनिटी अस्पतालमा मृत घोषित गरिएको थियो ।

जिओनाका पत्नीहरुको बाहुल्यता रहेको चर्च छुआन थार कोहरान र अन्य २० चर्चका प्रमुखहरुले जिओना जीवितै रहेको दावी गरेका छन् । चर्चका सचिव जेतिन खुमाका अनुसार उनलाई अस्पतालबाट घर ल्याइएपछि उनको नाडी चलेको थाहा पाएको बताएका छन् ।

जिओनाको शरीर अहिले पनि चिसो नभएको भन्दै उनले यस्तो अवस्थामा उनको अन्तिम संस्कार गर्न नसकिने बताए । जिओनाका पत्नीहरु, छोराछोरीहरु, नातिनातिनीहरु र छुआन थार समुदायले अहिले उनको अन्तिम संस्कार गर्नु उचित नहुने ठहर गरेको उनले बताए ।

छुआन थार समुदायका मानिसहरुले अन्तिम संस्कार रोक्नको लागि त्यहाँ आएर अन्तिम संस्कार गर्न खोज्नेहरुलाई रोक्नको लागि ब न्दू क नै लिएर बसेको समाचारमा जनाइएको छ । जिओना यस क्षेत्रमा पर्यटकको आकर्षणका केन्द्र बनेका थिए । जिओनाको निधनको खबरपछि मिजोरमका मुख्यमन्त्री जोरमथांगाले पनि ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका थिए ।

जियोना चना बख्तावांगग गाउँको १०० कोठाको ठूलो घरमा ३८ श्रीमती, ८९ छोरा छोरी, १४ बुहारी र ३३ नातिनातिना सहित बस्दथे ।
जियोना चानाको पेशा सिकर्मी थियो । यो ठूलो परिवारका महिलाहरू खेतीपाती गर्छन् र घर चलाउन सहयोग गर्दछन्। चानाको जेठी पत्नीले घरका सबै सदस्यहरूलाई कामको वितरण गर्ने र अरुले उनले लगाएको काम गर्ने गर्छन ।

एक साधारण परिवारमा दुई महिनासम्म चल्ने रासन यो परिवारमा एकै दिनमा सकिन्छ । यहाँ एक दिनमा ४५ किलो भन्दा बढी चामल ४० कुखुरा, ६० किलो तरकारी २२ केजी दाल, दर्जनौं अण्डा तरकारीका रुपमा प्रयोग हुन्छ । यस बाहेक, यस परिवारले एक दिनमा करिब २० किलो फलहरू पनि खान्छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!