Sunday, July 11, 2021
Home > समाचार > नेपालमा आयो यस्तो जोखिम !  देशका यी ठाउँमा लगाताार बजिरह्यो ख तराको साइरन

नेपालमा आयो यस्तो जोखिम !  देशका यी ठाउँमा लगाताार बजिरह्यो ख तराको साइरन

मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ । ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बा ढीबाट जोगिन आह्वान गरेको छ । अहिले तटीय क्षेत्रका मानिसलाई जोखिम भएकाले अन्यत्र जान भनिएको छ । साइरन जोडिएका नदिका तटमा बाढि बढेसँगै लगातार खतराको साइरन बज्न थालेको छ । यस्ता साइरनले स्थानीयलाई सुरक्षित स्थानमा जान पूर्व सूचना दिने गर्दछ ।

कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भा री वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप सा इरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएपछि साइरन बजाइएको महाशाखाले जनाएको छ ।

महाशाखाले विहान जारी गरेको सूचनामा विभिन्न प्रदेशका ४१ जिल्लाका नदी तथा खोला एवं तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च छ । बिहीबारसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सा  अपनाउन आग्रह गरिएको छ । ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशखाका अनुसार बारा, पर्सा, रौतहट, काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, चितवन, नुवाकोट, मकवापुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपरासी, पाल्पा, कपिलवस्तु, सुर्खेत, सल्यान, दार्चुला, अछामसहितका विभिन्न ४१ जिल्लामा बाढी पहिरोको ख त रा रहेको छ । (तस्वीरः केही बर्षअघि महाकाली नदिमा आएको बाढिले पुर्याएको क्षति)

Leave a Reply

error: Please Dont Copy My Content!! !!