Monday, July 12, 2021
Home > भिडियो > ‘ज्वाईको सिक्री र औंठी सानो भएछ आमा दुरान फर्काउन आउँदा ठूलो बनाइदिनु’ भनेकी छोरीको अचानक मृत्युको खबर आयो, विवाह गरेको २७ दिनमै अस्ताइन् विष्णु (भिडियो हेर्नुस्)

‘ज्वाईको सिक्री र औंठी सानो भएछ आमा दुरान फर्काउन आउँदा ठूलो बनाइदिनु’ भनेकी छोरीको अचानक मृत्युको खबर आयो, विवाह गरेको २७ दिनमै अस्ताइन् विष्णु (भिडियो हेर्नुस्)

काठमाडौ । कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओभाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको र ह स्यम मृ  त्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग उनको विवाह भएको थियो । मा इती पक्षले घटना रहस्यमय भएको बताएका छन् । माइतीले दाइजोका कारण छोरीको मृत्यु भएको आशंका माइतीले गरेका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी थिइन् ।

उनले दुरान फर्काउन आउँदा अलिकति सुन थपेर ठूलो बनाइदिउँ है भनेर पनि भनेकी थिइन् । तर दुरान फर्काउन नपाउँदै छोरीको मृत्युको खबर सुन्नुपर्दा माइती पक्ष स्तब्ध भएको छ । दुई पक्षले नै सल्लाह गरेर विवाह भएको थियो । भान्जीले छोरीको विवाह गरिदिनु भनेपछि आफुहरुले सल्लाह गरेर विवाह गराएको आमाको भनाई छ। उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घा ईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् । गौतम विष्णुको आमाको भान्जी हुन् ।

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले दे ह त्या ग गरेको बताएका छन् तर माइ ती पक्ष यो कुरा मान्न तयार छैनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!