Tuesday, July 13, 2021
Home > समाचार > बोकाको मुखमा मास्क लगाएर ‘हामी नेपाली बोका हौं’ भन्दै बेलाबारीका युवा किन निस्किए ए क्का सी सडकमा ?

बोकाको मुखमा मास्क लगाएर ‘हामी नेपाली बोका हौं’ भन्दै बेलाबारीका युवा किन निस्किए ए क्का सी सडकमा ?

युवाहरु हामी नेपाली बोका हौं भन्दै सडकमा आएका छन् । उनीहरु बोका सहित सडकमा आएका हुन् । उनीहरुले ल्याएका बोकाको मुखमा समेत मास्क लगाइएको थियो । यो घ ट ना मोरङको बेलबारी नगरपालिकाको हो । त्यहाँका युवाहरू बोका–बाख्रासहित आन्दोलनमा उत्रिएका छन् । बोयर जातको बाख्रा किन्दा एक करोड एक लाख रुपैयाँ चलखेल भएको भन्दै स्थानीय युवाहरूले सोमबार नगरपालिकाको गेटमै पुगेर आन्दोलन गरेका हुन् ।

बेलवारी नगरपालिकाले जनतालाई अष्ट्रेलियाबाट ल्याएको भन्दै बितरण गरेको बाख्रा नवलपरासीमै किनेको खुलेको छ । उक्त सूचना बाहिर आएपछि स्थानीयबासी जनप्रतिनिधिसँग रिसाएका छन् । भने जनप्रतिनिधिहरु घटनालाई ढाक छोप गर्न लागेका छन् ।

नगरपालिकाले जेठ १५ गते अस्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्ल ड’ बोयर जात भन्दै नवलपरासीबाट ल्याएका ९२ वटा बोयर जातका क्रस बोका९पाठी वितरण गरेको थियो । गत जेठ ३ गते नगरपालिकाले अस्ट्रेलियाबाट ‘फूल ब्ल ड’ बोयर जातका बाख्रा आयातका लागि ग्रो अर्गानिक कृषि फर्म सङ्खुवासभालाई एक करोड २४ लाखमा ठेक्का दिएको थियो ।

तर ठेकेदारले नवलपरासीबाट खरिद गरेका बाख्रा अस्ट्रेलियन भन्दै उपलब्ध गराएपछि नगरपालिकाले वितरण गरेको थियो । बाखा शुद्ध बोयर नभएको पाइएको गुनासो गरेपछि भुक्तानी दिने तयारीमा रहेको नगरपालिका ब्याक भएको थियो ।

आयातकर्ताले अस्ट्रेलियाबाट बोयर ल्याएको प्रमाणित गर्न नसकेपछि भुक्तानी रोकेर कारवाही प्रक्रिया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले बताए । एक करोड २४ लाख बजेट पाएको ठेकेदार कम्पनीले सरदर २५ हजार रुपैयाँ दरले बाख्रा खरिद गरेको थियो । बाख्रा खरिदमा करिब एक करोड रुपैयाँको चलेखल गर्न खोजिएको नगरपालिका स्रोतले जनाएको छ ।

बाख्रा ल्याउन सप्लार्स कम्पनीका प्रतिनिधि श्याम पाण्डेले पहल गरेका थिए । हर्ताकर्ता पाण्डे नै भएपनि सम्झौता पत्रमा भने गोबिन्द रायले हस्ताक्षर गरेका छन् । यो विषयमा पाण्डेले बोल्न चोहका छैनन् । सम्झौता पत्रमा हस्ताक्षर गरेका रायले भने आफूलाई बाख्रा आयात गरेको विषयमा जानकारी नभएको बताए

Leave a Reply

error: Please Dont Copy My Content!! !!