Monday, July 12, 2021
Home > राशिफल > ०७८ साल जेष्ठ ३१ गते सोमबार, हेर्नुहोस् तपाईहरूको राशि अनुसारको भाग्यफल यस्तो छ !

०७८ साल जेष्ठ ३१ गते सोमबार, हेर्नुहोस् तपाईहरूको राशि अनुसारको भाग्यफल यस्तो छ !

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ ३१ गते सोमबार इश्वी सन २०२१ जुन १४ तारीख जेष्ठ शुक्लपक्ष चतुर्थी तिथी, पपञ्चाङ्ग: ध्रुव वनाजी पुष्य, मृगशिरा नक्षत्र शुल योग पश्चात गण्ड योग बालव करण चन्द्रमां मिथुन राशिमा आनन्दादि योगमा मानस योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु चन्द्रोदय, विश्व रक्तदाता दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पिडा दिनेहरु सक्रियछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । धननाश हुने योग छ । अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाइने छ । लामो यात्राको योग छ । साथै, धनमाल कमाउने दिन छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिने छैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ । संयम भएर काम गर्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिलनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!