Monday, July 12, 2021
Home > समाचार > भाडामा बस्ने यि महिलाले घरभेटीको १३ वर्षकी छोरीलाई आफ्नो कोठामा बोलाइरहन्थिन्

भाडामा बस्ने यि महिलाले घरभेटीको १३ वर्षकी छोरीलाई आफ्नो कोठामा बोलाइरहन्थिन्

आफू भाडामा बस्ने घरमालिककी १३ बर्षे छोरीमाथि एक महिलाले अ नै तिक काम गराएर ग र्भव ती बनाएकी छिन् । उनले बाहिरको पुरुषलाई आफ्नो कोठामा बोलाएर यस्तो गरेकी थिइन् ।

यो खबर धनुषाको हो । आफ्नो कोठामा बोलाएर १३ वर्षीया बालिकामाथि अ नै तिक काम गरेको आरोपमा प्रहरीले एक युवक र युवकलाई सघाएको आरोपमा ती महिलालाई पक्राउ गरेको छ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरमालिककी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिइ आफ्नो कोठामा बोलाएको र शम्भु भन्ने ओमनारायण यादवले अ नै तिक काम गरेको प्रहरीले जनाएको छ ।

बारम्बारको यस्तो कार्यबाट बालिका ग र्भव ती भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा दुवै जनालाई सार्वजनिक गरिएको थियो ।

प्रहरीका अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा बोलाउने गरेकोमा असार महिनादेखि कार्तिक महिनासम्म यादवसँग पैसा लिएर यस्तो काममा सघाएको पाइएको छ । बालिका ग र्भव ती भएपछि परिवारले प्रहरीमा उ जुरी दिएका थिए । अहिले ती पुरुष र महिला प्रहरी कहाँ छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!