Sunday, July 11, 2021
Home > विचार > कसैको मृत्युु-पिडालाई तमाशा बनाएर पैसा कमाउन पल्केका युट्युबरका भिडियो हेरेर अपराध नगरौँ !

कसैको मृत्युु-पिडालाई तमाशा बनाएर पैसा कमाउन पल्केका युट्युबरका भिडियो हेरेर अपराध नगरौँ !

एजेन्सी । यतिबेला युट्युबहरुले नेपाली समाजमा सकारात्मक सन्देशहरु दिन सकिरहेको छैनन । केहि समय यता बिभिन्न बिषयसमेट्ने नाममा युट्युबहरुले सामाजिक मुल्य मान्यताहरु भन्दा बाहिर गएर आतंकनै मचाएको छ । उनिहरूले सामाजमा घटेका घटनाहरूकाे गोपनियतामा समेत ध्यान दिन नसक्नु सायद पत्रकारिताका बारेमा ज्ञान नहुन वा पैसाको लोभले पत्रकारिताकाे आचार संहिताहरू नै भुलेर अगाडि हिडिरहेकाे जस्तो देखिन्छ ।

यहि पृष्ठभूमिमा एपी वान टिभीकि प्रस्तोता समा थापा यसरी विरोध गर्दै आफ्नो सामाजिक संजालमा लेख्छिन् :-
कसैको मृत्युुलाई तमाशा बनाएर रकम कुम्ल्याउन उद्धत युट्युबका पत्रकार जसलाई एउटा आमा गुमाएको अबोध बालकलाई के सोध्नु हुन्छ, हुदैन भन्ने सामान्य ज्ञान समेत छैन ।

like, comment र view बटुल्ने नाममा कसैको छोरी,आमाको मृत्युमा भए नभएको कन्टेन्ट बनाएर हरेक दिन तमासा पस्कने टिकटकका समाज, यिनिहरुले मृतकका आफन्तलाई पीडा त दिन्छन् नै अनुसन्धान समेत प्रभावित गर्छन्।

मैले यसै भनेको होइन चितामा समेतरोटी सेक्ने समाज बनिसक्यो नेपालमा। यस्ता क’र्तु’त बनाउने मात्र होइन खोजी खोजी हेर्नेपनि यो अ प राध को मतियार हुन्। त्यसैले हरेक पटक एक क्लिक थिच्नु अघि सोच्नु होला के तपाईं यस्तै कुक’र्मलाई प्रोत्साहन त गरि रहनु भएको छैन?

फेसबुकबाट जस्ताकाे तस्तैः

Leave a Reply

error: Please Dont Copy My Content!! !!