टिकाराम नेति, भारतीय संगीत क्षेत्रको सबैभन्दा ठुलो गित कम्पिटिसन मानिने ZEE TV को “सा रे गा मा पा” सो कार्यक्रममा नेपालकी मेनुका पौडेल टप १३ मा समेटिन सफल भएकि छिन् ।
आईतवार राती प्रसारीत कार्यक्रममा उनि ९९ दशमलव ३ नम्वर पाएर टप १३ मा पर्न सफल भएकी हुन् । ZEE TV को “सा रे गा मा पा” सो का लागि नेपालबाट पहिलो पटक झापा हल्दीबारी गाउँपालिका जलथल घर भएकी दृष्टिबिहिन मेनुका पौडेलले भाग लिइरहेकी छिन् ।
उनिसँगै भारतका उदयमान गायक गायिकाहरु प्रतियोगिको रुपमा रहेका छन् । आइतवारको सोबाट प्रतियोगिहरु अनुष्का बनर्जी र महर्षि आउट भएका थिए भने सुप्रिया चक्रवर्ती डेन्जर जोनमा परेका थिए ।
यसभन्दा अघि नेपाल आइडियलको सिजन १ मा पनि प्रतियोगिको रुपमा रहेकी मेनुका नेपाली संगीत क्षेत्रमा उदयमान कलाकारको रुपमा चिनिन सफल भएपनि टप ११ मा समेत पर्न सकेकी थिइनन् र वाहिरिएकि थिइन् । सूक्ष्म–दृष्टि भएकी मेनुका ७ वर्षको उमेर देखि दृष्टि बिहिन भएकि हुन।
५० हजार जना भन्दा धेरैले प्रि-अडिसनमा भाग लिएका ZEE TV को “सा रे गा मा पा” सोमा जित्न सफल भारतीय गायन क्षेत्रमा व्यवसायिक गायक गायिकाको रुपमा चिनिने अवसर प्राप्त गरेका छन् ।
आईतवार राती प्रसारीत कार्यक्रममा मेनुकाले आशा भांसेको ” पिया बावरी पिया बावरी गित “ गाएकी थिइन् । यसभन्दा अघिको सोमा “थोड़े बदमाश हो तुम, थोड़े नादान हो तुम” , “लुका छुपी बहुत हुई सामने आ जा ना” , “जाने क्या बात है, नींद नहीं आती, बड़ी लम्बी रात है” लगायतका गित गाएकी थिइन् उनिले प्रस्तुत गरेको गितमा जर्जहरु शेखर रजिवानी , वाजित खान लगायतले अति राम्रो प्रस्तुती रहेको भन्दै प्रशंसा गर्दै आइरहेका छन् ।
ZEE TV को “सा रे गा मा पा” सोमा प्रतियोगीको रुपमा रहेकि मणिपुरकी दृष्टि बिहिन मंदाकिनीलाई त्यहाँका मुख्यमन्त्रीले उनको संगीत क्षेत्रको विकासका लागि १० लाख भारतीय रुपैयाँ उपलव्ध गराउँने घोषणा गरेका छन् ।
तर मेनुकाभने आफ्नी आमा पम्फासँग आफ्नै खर्च जुटाएर भारत गएकी थिईन् मेनुकाले आमा अनलाइन सँग कुरा गर्दै भनिन् “जिते भने त ठिकै छ, हारेभने नेपाल फर्किने खर्च समेत छैन, अब हेरौ , के हुन्छ- जे हुन्छ राम्रैका लागि हुन्छ भन्छन् । उनले थपिन् ” एक एक थोक होला । म पैसा पाइन्छभन्ने आश गर्दिन बस मलाइ जित्नु छ जितेर आउँछु सगरमाथा चुमेर मात्र फर्किन्छु ।”