Thursday, December 9, 2021
Home > समाचार > साइकलमा कोचिङ्ग कक्षा गाइरहेकी निर्मलालाई तिब्रगतिको बसले ठक्कर दिँदा घटनास्थलमै गयो ज्यान

साइकलमा कोचिङ्ग कक्षा गाइरहेकी निर्मलालाई तिब्रगतिको बसले ठक्कर दिँदा घटनास्थलमै गयो ज्यान

काठमाडौँ- बर्दियामा बसले ठक्कर दिँदा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ६ बकुवाकी १४ वर्षीया किशोरी निर्मला चौधरी रहेकी छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिकै कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना ४ ख ५३७५ नम्बरको बसले निर्मलालाई ठक्कर दिएको थियो ।

मृत किशोरी साइकलमा चढेर कोचिङ्ग कक्षा पढनको लागि भुरिगाउँ बजारतर्फ गइरहेकी थिइन। घटना सोमबार बिहान ७ बजे भएको बुझिएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको बुझिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!