Saturday, July 17, 2021
Home > भिडियो > यस्तो छ मिस वल्ड २०१८ को १ नम्बरमा पर्न सफल शृंखला खतिवडाको भिडियो – ३ करोड नेपालीले एकचोटी हेर्ने पर्ने !

यस्तो छ मिस वल्ड २०१८ को १ नम्बरमा पर्न सफल शृंखला खतिवडाको भिडियो – ३ करोड नेपालीले एकचोटी हेर्ने पर्ने !

हरी हुमागाई
मकवानपुर – चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मिस नेपाल वर्ल्ड मकवानपुरकी चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन् ।

खतिवडा कार्तिक २३ गते शुक्रबार भाइटीकाका दिन सान्यातर्फ गएकी हुन् । खतिवडाले संसारभरका विभिन्न देशबाट आएका एक सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘ब्यूटी पेजेन्ट’ अन्तर्गत विभिन्न इभेन्टमा उनीहरुको ट्यालेन्टका आधारमा मिस वर्ल्ड छनौट हुनेछ ।

मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्ये एक हो: ब्यूटी विथ अ पर्पस अर्थात् उद्धेश्यसहित सौन्दर्य । यसका लागि विभिन्न देशका सुन्दरीले आआफ्नो उद्धेश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ । सन् २०१३ मा नेपालका लागि पहिलो पटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन् ।

भिडियो:

मिस नेपाल वर्ल्ड हुनुअघि नै उनले महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी र त्यसपश्चात् पनि यस्ता कार्यमा निरन्तर लागिरहेकी छिन् । खतिवडा भन्छिन्, ‘प्रतिस्पर्धामा कामको डकुमेन्ट्रीसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ । मैले त्यसका लागि केही अघिमात्र गृह जिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७, भार्तामा रहेको चेपाङ बस्तीमा गएको रिपोर्ट प्रस्तुत गर्नेछु । त्यहाँका वृद्धवृद्धा, बालबालिकासँग भएका कुराकानी तथा समस्याको रिपोर्ट र समस्याका हल गर्ने विषयमा गरिएका मेरा प्रयासलाई देखाउनेछु’, उनले भनिन् ।

उनको सहयोगमा त्यहाँ स्वास्थ्यचौकी भवन बनेको छ । डिजाइनअनुसार स्वास्थ्य चौकी अपांग, अशक्त तथा बालबालिकामैत्री, वातावरणमैत्री, तापरहित एवम् हलुका छ । उनको अपेक्षा छ कि चौकी निर्माणसँगै गाउँमा सुरक्षित डेलिभरी, स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउने छन् । स्वास्थ्यलाई सुविधा हैन, आवश्यकताका रुपमा हेरिएको उनले बताइन् । मिस वर्ल्डमा श्रृंखलाले नेपाली संस्कृति झल्किने प्रस्तुति पनि दिने बताइन् । उनको इन्ट्री भिडियो सुटका लागि नेपाली दक्ष भिडियोग्राफी टोलीसँगै आफू केही दिनअघि रसुवाको गोसाइकुण्ड गएको उनले जानकारी दिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!