Thursday, December 9, 2021
Home > समाचार > गएराती घरबाट निस्कीएका वडाअध्यक्ष आज यस्तो अवस्थामा फेला – हेर्नुहोस

गएराती घरबाट निस्कीएका वडाअध्यक्ष आज यस्तो अवस्थामा फेला – हेर्नुहोस

मेलम्ची – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् । श्रेष्ठले हाम फालेको या डुबेको के हो भन्ने अहिलेसम्म थाहा नभएको वडा सदस्य बखान तामाङले जानकारी दिनुभयो ।

घटनाको वास्तविकता बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जान लागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!