Sunday, July 11, 2021
Home > समाचार > राष्ट्र सपुत कुलमानले गर्दैछन अर्को चमत्कार जुन नेपाली जनतालाई हुने छ उपहार – भिडियो सहित

राष्ट्र सपुत कुलमानले गर्दैछन अर्को चमत्कार जुन नेपाली जनतालाई हुने छ उपहार – भिडियो सहित

नेपाललाई लोडसेडिङ मुक्त तुल्याएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’को अवार्ड द्वारा सम्मानित गरिएको छ ।

लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्- ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’ विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले कसम खाए- मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् । र, बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन् उनी ।

चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?

कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो । उनी सधैं स्कुल फस्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । उनका दाजु बानेश्वरमा बस्थे र थान्काको व्यवसाय गर्थे । काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि प्रथम नै भए ।

तर, सेकेण्ड ब्वाई सिद्धार्थ बनस्थली गएपछि शिक्षकहरुले नै उनलाई पनि यति राम्रो पढाइ भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए । दाजुहरुले उनलाई अमरआस बोर्डिङमा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि फस्ट नै भए ।

एसएलसी पछि उनले अस्कल क्यापसबाट आईएस्सी गरे । त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए । जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिरे भए ।

काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे । कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । अहिले प्राधिकरणको एमडी भएपछि उनी त्यसैमा काम गरिहेका छन् र सफल बन्न थालेका छन् । उनको पढाइ र काम एकसाथ मिलेको छ ।

कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका छन्, जसले व्यवस्थापनको पाटोमा पनि उनलाई विज्ञता प्रदान गरेको छ ।कुलमानको अध्ययन नै यसैमा छ कि विद्युतको मागको क्षेत्रबाट भार कसरी घटाउन सकिन्छ ? र समग्र एकीकृत लोडको ‘रिसोर्स प्लानिङ’ कसरी गर्ने ? कुलमानको अध्ययनमा आपूर्तिमात्रै होइन कि मागको पाटोले पनि पावर जेनेरेसन गर्छ । त्यस्तै ‘पिक लोड’ घटाउन सकियो भने त्यो नै ‘डिमाण्ड साइड’ हो ।

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।

हेर्नुहोस उनै सफल व्यक्तित्वसंग माउन्टेनतिभिकी मंजु कार्कीले गरेको सारगर्भित कुराकानीको भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!