Thursday, July 15, 2021
Home > समाचार > १९ जना यात्रु बोकेको जीप दुर्घटना , १७ जना…..

१९ जना यात्रु बोकेको जीप दुर्घटना , १७ जना…..

मंसिर १, २०७५ काठमाडौं – डडेल्धुराको भागेश्वर गाउँपालिकाबाट सदरमुकाम डडेल्धुरा जाने क्रममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । जीप भागेश्वर गाउँपालिकाको बोगटाबाट सदरमुकाम आउँदै थियो ।

भागेश्वर गाउँपालिका–४ कुलाममा म१ज १८० नम्बरको जीप अनियन्त्रित भई सडकबाट भीरमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको नाम खुल्न नसकेको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँदले बताए ।

घाइतेमध्ये ८ जनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ भने अन्यलाई अस्पताल लैजाने क्रम चलिरहेको उनले बताए । जीपमा १९ जना यात्रु सवार रहेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!