Saturday, December 3, 2022
Home > समाचार > पहिलेकी माओवादी लडाकु लक्ष्मि, अहिले बनिन् यस्तो – पूरा हेर्नुहोस

पहिलेकी माओवादी लडाकु लक्ष्मि, अहिले बनिन् यस्तो – पूरा हेर्नुहोस

बझाङ। बझाङकी लक्ष्मी बुढाले १५ वर्षअघि तत्कालीन माओवादी विद्रोहीको सेनामा सामेल हुने निर्णय गरिन्। त्यतिबेला उनको उमेर १४ वर्षको मात्र थियो।सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी माओवादीको सांस्कृतिक विभागमा आबद्ध भइन्। त्यतिबेला आफूले क्रान्तिको सपना देखेको उनी बताउँछिन् ।

सुदूरपश्चिमको दुर्गम क्षेत्रमा हुर्किएकी लक्ष्मीलाई आफू माओवादी बन्दा कुनै दिन हिमालमा रुचि हुनेछ भन्ने थाहा थिएन। केही नयाँ गर्ने इच्छाले उनी पर्वतारोहण गर्न थालेको बताउँछिन्।

शान्ति सम्झौताको १० वर्षपछि लक्ष्मी बूढाले हालै मात्र आरोहणका लागि खुला गरिएको साइपाल हिमाल आरोहण अभियानमा सहभागी भइन्।
लडाकुदेखि पर्वतारोही बन्दासम्मको आफ्नो यात्रा निकै कठिन भएको उनको अनुभव छ।

महिनावारी भएका महिलाले पानीपधेँरो गर्दा पाप लाग्छ भन्ने मान्यता राख्ने समाजमा हुर्किएकी भए पनि आफूले महिनावारी भएकै बेला हिमाल आरोहण गर्ने प्रयास गरेको उनी बताउँछिन्।

प्रतिकूल मौसमका कारण शिखरमा पुग्न नसके पनि उनले आफ्नो प्रयासलाई नै सफलता मानेकी छन्। आरोहणका लागि पहिलो पटक खुला गरिएको ७,०३१ मिटर अग्लो साइपाल हिमालको ५,६०० मिटर सम्म पुगेर उनको टोली बिहीवार घर फर्किएको बताइएको छ।

उनले भनिन्, छाउ भएका बेला महिलाले धारा, पानीपधेँरो, नदी आदि छुनु हुँदैन भन्ने कुराले मलाई सधैँ पोल्थ्यो र यी कुरा गलत हुन् भनेर मलाई पुष्टि गर्नु थियो, जुन साइपालमा टेकेर गरेँ।आफ्नो पहिलो आरोहण असफल हुनुसँग महिनावारीको कुनै सम्बन्ध नरहेको भन्दै उनी थप्छिन्, छाउ हुँदा हिमाल चढ्दा के नराम्रो हुन्छ त भन्ने प्रमाण मलाई चाहिएको थियो।

Leave a Reply