Wednesday, November 30, 2022
Home > समाचार > प्रेम सम्बन्धको चक्करमा मन्त्री पद चट! राजनीतिक जीवन समाप्त

प्रेम सम्बन्धको चक्करमा मन्त्री पद चट! राजनीतिक जीवन समाप्त

काठमाडौं : सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए ।

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो ।यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक-पटक विवाद पनि हुँदै आएको थियो ।तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।

यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् । यो खबर आज शुक्रबार प्रकाशित ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो ।

सत्यसमाचार डट कम बाट साभार गरिएको

Leave a Reply