Saturday, December 3, 2022
Home > समाचार > प्रधानमन्त्रीको शरीरमा कुकुरको टाउको : नेविस‌ंघ कार्यकर्ता रिहा

प्रधानमन्त्रीको शरीरमा कुकुरको टाउको : नेविस‌ंघ कार्यकर्ता रिहा

काठमाडौँ : कुकुर तिहारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा कुकुरको टाउको जोडेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका कांग्रेसनिकट नेविसंघका एक कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् ।

काभ्रेको तपेश्वर माविस्थित नेविसंघ इकाइका अध्यक्ष कृष्ण ढकाललाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखामार्फत् साइबर अपराधमा मुद्दा चलाइएको थियो ।

काठमाडौँ जिल्ला अदालतले ढकाललाई शुक्रवार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । साधारण तारेखमा रिहा भएका ढकाललार्इ स्वागत गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरसहितका नेता-कार्यकर्ता बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत परिसर पुगेका थिए ।

ढकाल पक्राउ विरोधमा कांग्रेसनिकट नेविसंघले देशभर आन्दोलन गरेको थियो । त्यसक्रममा उनीहरुले प्रम ओलीको पुत्ला पनि जलाएका थिए । पुत्ला दहनका क्रममा भएको झडपमा उदयपुरको गाईघाटमा सशस्त्र प्रहरी र नेविसंघका कार्यकर्ता घाइते समेत भएका थिए ।

अन्नपुर्ण पोस्ट बाट साभार

Leave a Reply